तस्वीर : सामाजिक सञ्जाल । विराटनगर । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण कोशी प्रदेशको लाइफाइन मानिएको मेची राजमार्ग अवरुद्ध छ ।
झापाको चारआलीदेखि ताप्लेजुङसम्म जोड्ने करिब २६८ किलोमिटर लामो यो राजमार्ग अवरुद्ध हुँदा पहाडी जिल्लामा हुने आपूर्ति तथा ढुवानी ठप्प भएको छ ।
सडक डिभिजन कार्यालय इलामका अनुसार, क्षतिग्रस्त खण्डहरू मर्मत गर्न अब कम्तीमा एक साता लाग्ने अनुमान छ भने यसबाट करिब २ अर्ब रुपैयाँ बराबरको भौतिक क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ ।
लामो दूरीको वैकल्पिक मार्ग धरान–धनकुटा–म्याङ्लुङ–फिदिम प्रयोगमा ल्याइएको छ । यो सडकले पाँचथर र ताप्लेजुङलाई राहत मिलेको छ । तर, इलामका लागि विकल्पमा सडक सञ्जाल तयार भएको छैन । जसले गर्दा सवारी आवागमन प्रभावित भएको सडक डिभिजन इलामका प्रमुख तथा सिनियर डिभिजनल इन्जिनियर पवन भट्टराईले बताए ।
उनका अनुसार मेची राजमार्गअन्तर्गत इलामको माइखोला खण्डस्थित राजदुवालीमा बुधबारदेखि मर्मत सुरु भएको छ ।
‘यात्रुका माइखोलाबाट करिब डेढ किलोमिटर हिँडेर इलामबाट आउने सवारी साधनहरूमा चढ्ने व्यवस्था मिलाइएको छ ।
इन्जिनियर भट्टराईका अनुसार यो खण्ड सञ्चालनमा आउन कम्तीमा एक साता लाग्ने देखिएको छ । उक्त स्थानको मर्मतका लागि भुगर्भविद् ल्याएर अध्ययन गरी मर्मत थालिएको छ ।
समग्र मेची राजमार्ग पूर्ण रूपमा कहिलेसम्म सञ्चालनमा आउँछ भन्ने यकिन हुन सकेको छैन ।
सडक विभागले सार्वजनिक गरेको विवरणअनुसार मेची राजमार्गमा बाढीका कारण मेची राजमार्गको जोरकलास भन्ने स्थानमा एक हजार मिटर सडक क्षति पुगेको छ ।
फिक्कल गोदाकमा ८ सय, गोदाक माइखोलामा २ हजार मिटर, माइखोला राजदुवालीमा १ हजार ७ सय मिटर, इलाम धोवीधारामा १५ मिटर, धोवीधारा नेपालटार ५ हजार ९ सय मिटर, नेपालटार राँकेमा ६ हजार मिटर, राँके फिदिममा ४ हजार ५ सय मिटर सडकमा क्षति पुगेको छ । यो सडक क्षतिग्रस्त हुँदा २ अर्ब ३५ करोड ७० लाख रुपैयाँ बराबर क्षति पुगेको अनुमान छ । मेची राजमार्गको पुनर्निर्माणका लागि करिब डेढ अर्ब रुपैयाँ लाग्ने अनुमान छ ।
माइखोला पुलको फाउन्डेसन बगाउँदा ८ करोड बराबर क्षति भएको अनुमान छ । साथै उक्त स्थानमा सिङ्गल स्पानको ८० मिटर लामो स्थायी पुल निर्माणका लागि पनि ४० करोड आवश्यक रहेको जनाएको छ ।
हेवा खोलामा सिङ्गल स्पानको ८० मिटर लामो पक्की पुल निर्माणका लागि ४२ करोड आवश्यक रहेको सडक विभागले जनाएको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,623)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,582)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,575)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,287)