काठमाडौं । इजरायल र हमासबीच युद्धविराम सहमतिअघि बुधबार हमासले बन्धक बनाएका नेपाली युवक विपिन जोशीको भिडियो फुटेज सार्वजनिक भयो । पुरानो भिडियो सार्वजनिक भएपनि उनको अवस्था अझै अज्ञात छ ।
इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितका अनुसार उनको अवस्थाका बारेमा स्पष्ट जानकारी आइसकेको छैन । विपिनको अवस्था बुझ्ने कोसिस भइरहेको उनले बताए । ‘विपिनको बारे धेरैले सोधिरहनु भएको छ तर, अहिलेसम्म उनको जीवनको बारेमा केही जानकारी छैन,’ उनले भने ।
अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशीलाई दुई वर्षअघि हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाएकाे थियाे । सो आक्रमणको क्रममा १० जना नेपाली विद्यार्थीकाे मृत्यु भएकाे थियाे । हमास लडाकुहरुले विपिनलाई आफूसँगै लिएर गएपछि उनको अवस्था हालसम्म अज्ञात छ ।
बुधबार साँझ भने उनकाे ३३ सेकेन्डको पुरानो भिडियो सार्वजनिक भएकाे थियाे । जहाँ विपिनले आफ्नो परिचय दिँदै आफू नेपाली नागरिक भएको बताएका छन् र ‘अर्न एण्ड लर्न’ कार्यक्रमको सिलसिलामा इजरायल आएको बताएका छन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,623)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,582)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,575)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,287)