इजरायल र हमासबीच शान्ति सम्झाैता

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र हमास दुवैले शान्ति योजनाको पहिलो चरणमा हस्ताक्षर गरिसकेको घोषणा गरेका छन् ।

ट्रम्पले सामाजिक संजाल ‘ट्रुथ सोसल’ मार्फत भने, “यसको अर्थ सबै बन्धकहरू धेरै छिट्टै रिहा हुने भन्ने हो भने इजरायलले आफ्ना सेनाहरूलाई सहमति अनुसार फिर्ता लैजानेछ ।”

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले यो सम्झौतालाई इजरायलका लागि ठूलो दिन भएको बताएका छन् । यसलाई अनुमोदन गर्न बिहीबार सरकारको बैठक बोलाउने तयारी गरेको बीबीसीले जनाएको छ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले संयुक्त राष्ट्रसंघले यस सम्झौताको पूर्ण कार्यान्वयनका लागि समर्थन गर्ने बताएका छन् ।

उनले गाजामा मानवीय सहायताको वितरण बढाउने र पुनर्निर्माण प्रयासहरूलाई अघि बढाउने प्रतिबद्धता जनाएका छन् । गुटेरेसले सबै पक्षहरूलाई सम्झौताका शर्तहरू पालना गर्न आग्रह गरेका छन् ।

सम्झौता अनुसार पहिलो चरणमा हमासले बन्धक छाड्ने छ । बन्धकहरूको रिहाइ, स्थायी युद्धविरामको पालना र गाजामा तुरुन्तै मानवीय सहायता पुर्याइनेछ ।

प्रकाशित मिति: बिहिबार, २३ असोज, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.