काठमाडौं । मधेश प्रदेशमा नयाँ सरकार गठनको गृहकार्य सुरु भएको छ । मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा नदिएपछि नेकपा एमालेले समर्थन फिर्ता लिएर नयाँ सरकार गठनको दाबी पेश भएको हो ।
बहुमत सांसदले नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादवलाई मुख्यमन्त्री बनाउन मागसहित दाबी पेश गरेका हुन् । काङ्ग्रेस एमाले र जनमतले आजै प्रदेश प्रमुख कार्यालयमा दाबी पेश गरेका हुन् ।
नेकपा एमालेले आजै सतिशकुमार सिंहलाई दिएको समर्थन फिर्ता लिँदै सरकारमा रहेका आफ्ना चार मन्त्रीलाई फिर्ता बोलाएको थियो ।
संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नयाँ सरकार गठनका लागि एमालेका २३, कांग्रेसका २२ र जनमतका १३ जना प्रदेशसभा सांसदले दाबी पेश गरेका हुन् ।
१०७ सदस्य प्रदेश सभामा सरकार बनाउन ५४ सदस्य आवश्यक पर्छ ।
जनमतबाट मुख्यमन्त्री बनेका सतिशकुमार सिंहले जिनजी आन्दोलनको क्रममा गत भदौ २४ गते फेसबुकबाट राजीनामा घोषणा गरेका थिए । तर, अवस्था सहज भएपछि उनले राजीनामा नदिने अडान लिएका थिए ।
जनमत संसदीय दलको निर्णयलाई समेत सिंहले बेवास्ता गर्दै आएका छन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,623)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,582)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,575)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,287)