विराटनगर । बाढीपहिरोका कारण विस्थापित भएकाहरुकाे घर कोशी प्रदेश सरकारले पुननिर्माण गरिदिने भएको छ ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बुधबार बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले बाढीपहिरोका कारण विस्थापित भएकाहरुका लागि प्रदेश सरकारले घर निर्माण गर्ने निर्णय गरेको हो ।
बैठकले बाढी प्रभावितको घर पुननिर्माणसँगै क्षतिग्रस्त सडक सञ्जाल निर्माण गर्ने र प्रभावितहरुलाई राहत वितरण प्रभावकारी बनाउने निर्णय गरेको भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राईले जानकारी दिए ।
बाढी पहिरो प्रभावितका लागि घर निर्माणका लागि प्रदेश सरकारले विपद कोष र चालु आर्थिक वर्षका लागि विनियोजन गरेको विभिन्न शीर्षकको बजेटलाई रकमान्तर गर्नेछ ।
बाढी र पहिरोका कारण सबैभन्दा बढी क्षति इलाममा भएको छ । मन्त्री राईका अनुसार प्रारम्भिक रिपोर्ट अनुसार इलाममा मात्रै १०६ वटा घर पुननिर्माण गर्नुपर्नेछ । अन्य जिल्लाहरुबाट विवरण आइसकेको छैन ।
मनसुनजन्य विपदबाट सबैभन्दा बढी क्षति पुगेको जिल्ला इलाम हो । इलाममा मात्रै ३९ जनाको मृत्यु भएको छ ।
परिषद् बैठकले इलाम जिल्लाका पहिरो प्रभावित सातवटा पालिकालाई संकटग्रस्त पालिका घोषणा गर्नको लागि संघीय सरकारलाई सिफारिस गर्ने निर्णय पनि गरेको छ ।
प्रदेश सरकारले राहत र पुनर्स्थापनाका लागि जिल्ला अनुसार मन्त्रीलाई फोकल पर्सन पनि तोकेको छ । इलाम जिल्लाका लागि आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर राना, भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राई र आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीलाई तोकिएको छ । तीन मन्त्रीको टोलीले स्थलगत निरीक्षण गरी पुनिर्माणको योजना ल्याउनेछ ।
सुनसरी जिल्लाका लागि वन पर्यटन तथा वातावरण मन्त्री सदानन्द मण्डल र आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारी, झापाका लागि खानेपानी , सिँचाइ तथा ऊर्जा मन्त्री एकराज कार्कीलाई फोकल पर्सन तोकिएको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,668)
जीवन विकासले बोलायो साधारणसभा (2,617)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,578)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,571)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,435)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,355)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,284)