बाढी पीडितलाई प्रदेश सरकारले पठायाे राहत सामग्री

Satya Sanchar सत्य सञ्चार

विराटनगर । बाढी प्रभावितहरुका लागि कोशी प्रदेश सरकारले राहत सामग्री पठाएको छ ।

इलाममा नेपाली सेनाको हेलिकप्टर र झापाका बाढी प्रभावितहरुका लागि सडकमार्ग हुँदै राहत सामग्री पठाएको हो । इलामको दक्षिणी क्षेत्रका लागि पनि सडक मार्ग हुँदै राहत सामग्री पठाइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

बुधबार इलामको माइजोगमाई, माई, इलाम, नगरपालिका र झापाकाे झापा गाउँपालिकालगायतका क्षेत्रमा राहत सामग्री पठाएको हो ।

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले प्रदेश सरकारसँग भएका राहतका सामग्री बाढी प्रभावितलाई वितरणका लागि सम्बन्धित पालिकामा पठाइएको बताए । राहत सामग्री स्थानीय पालिका र जिल्ला प्रशासन कार्यालयले वितरण गर्नेछन् ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मृतकका परिवारका लागि प्रदेश सरकारले राहत सामग्री वितरण सँगै भत्किएका सडक र अन्य संरचना मर्मतको काम पनि सुरु गरेको जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, २२ असोज, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.