टी-२० विश्वकप छनाेट : कुवेतसँग खेल्दै नेपाल

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । नेपालले आज टी-२० विश्वकप छनाेटका लागि कुवेतसँग खेल्दैछ । तेस्रोपटक टी–२० विश्वकप खेल्ने लक्ष्यमा रहेको नेपाली क्रिकेट टिमले आज आईसीसी टी–२० विश्वकप एसिया–प्यासिफिक क्षेत्रीय फाइनलको पहिलो खेलमा कुवेतविरुद्ध खेल्ने  छ।

ओमानको अल अमेरतमा हुने प्रतियोगितामा जित सहित सुखद सुरुवातकाे लक्ष्यमा नेपाल छ ।  नेपाल समूह ‘बी’ मा छ । यो समूहमा नेपालसँगै कुवेत र जापान छन् ।

अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी मैदान टर्फ–१ मा हुने यो खेल नेपाली समयअनुसार राति ८ः४५ बजेदेखि सुरु हुनेछ ।

आजको खेलपछि नेपालले समूह चरणको दोस्रो खेलमा जापानविरुद्ध प्रतिस्पर्धा गर्नेछ । नेपाल र जापानबीचको खेल शुक्रबार अल अमेरतमै हुने तालिका छ ।

छनोटअघि नेपालले तयारी स्वरुप टेस्ट राष्ट्र तथा दुई पटकको टी–२० विश्वकप विजेता वेस्ट इन्डिजविरुद्धको तीन खेलको शृंखला खेलेको थियो ।

युनाइटेड अरब इमिरेट्स (यूएई) मा भएको उक्त शृंखलामा नेपालले २–१ को ऐतिहासिक जित निकालेको थियो ।

ओमानमा भएकाे अभ्यास खेलमा नेपालले ओमानविरुद्ध ६ विकेटको र कतारविरुद्ध १६ रनको जित निकालेको थियो ।

तीन टिमले विश्वकपमा स्थान बनाउने 
विश्वकपको यो छनोट प्रतियोगितामा एसिया र प्यासिफिक क्षेत्रका कुल नौ टिमको सहभागिता छ । जसबाट तीन टिमले मात्र आगामी वर्ष भारत र श्रीलंकामा हुने विश्वकपमा स्थान बनाउने छन् ।

समूह चरणमा नौ टिमलाई प्रत्येक समूहमा तीन टिम रहने गरी तीन समूहमा विभाजन गरिएको छ । जसबाट प्रत्येक समूहका शीर्ष दुई टिम सुपर–६ मा छनोट हुनेछन् । सुपर–६ को शीर्ष तीनमा रहने टिमले विश्वकपमा स्थान बनाउने छन् ।

प्रकाशित मिति: बुधबार, २२ असोज, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.