काेशीका ८ स्थानमा सडक अवरुद्ध

Satya Sanchar सत्य सञ्चार

विराटनगर । अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण कोशी प्रदेशमा अवरुद्ध भएको सडकहरु अझै खुल्न सकेको छैन ।

विपदका कारण ८ स्थानमा सडक अवरुद्ध भएको छ ।

इलाममा मेची राजमार्गको १ ठाउँ, भोजपुरमा मध्यपहाडी लोकमार्गका ३ ठाउँ, संखुवासभामा कोशी राजमार्गका २ ठाउँ, धनकुटामा तमोर करिडोरको १ ठाउँ र खोटाङमा दिक्तेल गाईघाट सडक खण्डको १ ठाउँमा सडक अवरुद्ध छन् । जसले गर्दा उक्त क्षेत्रको आवागमन ठप्प भएको छ ।

विपदका कारण कुल ४६ जनाको मृत्यु भएको । १ जना बेपत्ता छन् ।

सबैभन्दा बढी मानवीय क्षति इलाम जिल्लामा भएको छ, जहाँ ३९ जनाको ज्यान गएको छ । यसबाहेक, पाँचथरमा २, मोरङमा १, सुनसरीमा १, उदयपुरमा २, खोटाङमा १ र भोजपुरमा १ जनाको मृत्यु भएको छ । पाँचथरमा दुर्घटनामा परी ६जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति: मङ्गलबार, २१ असोज, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.