विराटनगर । इलामका बाढी तथा पहिरो प्रभावितका लागि कोशी प्रदेश सरकारले राहत सामग्री पठाएको छ ।
स्थलमार्ग पहिरोका कारण अवरुद्ध भएका कारण मंगलबार प्रदेश सरकारले तत्कालका लागि नेपाली सेनाको हेलिकोप्टर मार्फत राहत सामग्री पठाएको हो ।
शनिबार रातिको बाढी पहिरोका कारण इलाममा मात्रै ३८ जनाको मृत्यु भएको थियो ।
मंगलबार नेपाली सेनाको हेलिकोप्टर मार्फत राहत सामग्री लिएर मुख्यमन्त्री हिक्मतकुमार कार्की इलाम पुगेका हुन् । इलामका बाढी प्रभावितलाई भेटेर उनले राहत तथा पुनस्थापनका लागि प्रदेश सरकारले सहयोग गर्ने बताए ।
प्रदेश सरकारले दैनिक उपभोग्य सामग्रीहरु चामल, दाल, आलु तेल, नुन, बेसार, ब्ल्याङ्केट, सिरानी, म्याट्रेस, त्रिपाललगायतका सामग्री पठाएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रामप्रसाद आचार्यले जानकारी दिए ।
बाढी पहिरोका इलामको सूर्योदय नगरपालिका, इलाम नगरपालिका, सन्दकपुर गाउँपालिका, माङसेबुङ गाउँपालिका, माई जोगमाई गाउँपालिका, देउमाई नगरपालिका र फाकफोकथुम गाउँपालिकामा अत्याधिक क्षति भएको थियो ।

सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,442)
जीवन विकासले बोलायो साधारणसभा (2,410)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,370)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,353)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,222)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,157)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,582)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,560)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,119)