विराटनगर । लघुवित्त र सामाजिक क्षेत्रमा काम गरिरहेको जीवन विकासले बाढी प्रभावितहरुका लागि खाना वितरणसँगै स्वास्थ्य शिविरको आयोजना गरेको छ ।
सोमबार विराटनगरका बाढी प्रभावित राखिएको दुई स्थानमा जीवन विकास सामुदायिक अस्पतालले स्वास्थ्य शिविर आयोजना गरेको हो ।
जीवन विकास लघुवित्ति वित्तीय संस्थाले झापा, मोरङ र सुनसरीमा एक हजार ३ सय भन्दा बढी बाढी प्रभावितलाई खाना खुवाएको हो ।
बाढी प्रभावित बालबालिका र ज्येष्ठ नागरिकको स्वास्थ्यमा समस्या देखिएपछि जीवन विकासले विराटनगर महानगरपालिका १२ को बखरी र विराटनगर– १६ को दरैयामा स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।
बालरोग विशेषज्ञ र फिजिसियन चिकित्सकसहितको टोलीले बाढीका कारण विस्थापित भएका ४ सय बढीको स्वास्थ्य जाँच गरी औषधि उपलब्ध गराएको जीवन विकास सामुदायीक अस्पताल तथा टेक्निकल एजुकेशन फाउन्डेशनका संयोजक तेजस्वी मण्डलले जानकारी दिए ।
घरदैलोमा पुगेर वित्तीय सेवा प्रवाह गरिरहेको जीवन विकास लघुवित्तले प्रकोप तथा विपदमा सहयोग सामाजिक अभियान अन्तरगत सोमबार विराटनगरको रानी, बुधनगर, झापाकाे धरमपुर, सुनसरीको लौकही, मधुवन, छिटाहा र सिमरियामा एक हजार ३ सय बाढी प्रभावितहरुलाई खाना खुवाएको हो । आइतबार पनि झापा, मोरङ, इलाम र सिरहाका बाढी प्रभावितलाई जीवन विकासले सहयोग गरेको थियो ।

सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (1,540)
जीवन विकासले बोलायो साधारणसभा (1,488)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (1,453)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (1,407)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (1,359)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (1,266)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (708)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (676)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (667)