विराटनगर । अविरल वर्षासँगै आएको बाढीका कारण विस्थापित परिवारलाई जीवन विकास लघुवित्त वित्तीय संस्थाले खाद्यान्य सहयोग गरेको छ ।
शनिबार र आइतबारको वर्षासँगै आएको बाढीका कारण मोरङ, झापा, इलाम र सिरहाका विस्थापित परिवारलाई जीवन विकासले सहयोग गरेको हो ।
आइतबार जीवन विकासले विराटनगरको बखरीमा ६०० जना, झापाको भद्रपुरमा १२० बाढी प्रभावितहरुलाई खाना बनाएर खुवाएको थियो ।
विराटनगरकाे मिल्स माध्यमिक विद्यालयमा पनि राखिएका बाढी प्रभावितलाई खाना खुवाएकाे हाे ।

विराटनगर महानगरपालिका –१२ को सम्पन्न बस्तीबाट विस्तापित भएकाहरुलाई राखिएकै स्थानमा जीवन विकासले खाना खुवाएकाे थियो ।
भद्रपुरमा पनि खाना पकाएर प्रभावितलाई वितरण गरेको थियो ।
इलामको बिब्ल्याटेमा १ परिवार र सिरहाको चोहर्वामा दुई परिवारलाई खाद्यान्य सहयोग गरेको थियो ।
घरदैलोमा पुगेर लघुवित्त सेवा प्रवाह गरिरहेको जीवन विकासले प्रकोप तथा विपदमा सामाजिक अभियान अन्तरगत पीडित परिवारलाई सहयोग गर्दै आएको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,623)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,582)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,575)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,287)