बाढीपहिरोबाट कोशीमा ४९ जनाको मृत्यु, ६ हजार परिवार विस्थापित

Satya Sanchar सत्य सञ्चार

विराटनगर । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण कोशी प्रदेशका मृत्यु हुनेको संख्या ४९ पुगेको छ । १७ जना घाइते भएका छन् । देशभर ५२ जनाको मृत्यु भएको प्रहरीको तथ्याङक छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार पहिरोमा परी इलाममा मात्रै ३७ जनाको मृत्यु भएको छ । १ जना अझै बेपत्ता छन् । मृतक मध्ये १३ जना पुरुष र १४ जना महिला र ३ जना बालक र ७ जना बालिका छन् । इलाममा १ जना पुरुष बेपत्ता छन् ।

प्रहरीका अनुसार बाढी र पहिरोमा परी पाँचथरमा २ जनाको मृत्यु भएको छ । शनिबार भएको दुर्घटनामा ६ जनाको मृत्यु भएको थियो ।
बाढीमा परी उदयपुरमा २ जना र खोटाङमा २ जनाको मृत्यु भएको छ ।

बाढीमा बगेर मोरङमा १ जना महिलाको मृत्यु भएको छ । झापामा एक जना पुुरुषको शव फेला परेको छ ।

बाढीका कारण ६ हजार बढी परिवार विस्थापित भएका छन् ।

प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार झापामा ५ हजार ४२५ घरपरिवार विस्थापित भएका छन् । मोरङमा ३८६ घरपरिवार, सुनसरीमा ४५ घर, धनकुटामा ६ घर, उदयपुरमा ३ घर र खोटाङमा ३ घरपरिवार विस्थापित भएका छन् ।

प्रकाशित मिति: आइतबार, १९ असोज, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.