बाढीपहिरोबाट कोशीमा ४९ जनाको मृत्यु, ६ हजार परिवार विस्थापित

Satya Sanchar सत्य सञ्चार

विराटनगर । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण कोशी प्रदेशका मृत्यु हुनेको संख्या ४९ पुगेको छ । १७ जना घाइते भएका छन् । देशभर ५२ जनाको मृत्यु भएको प्रहरीको तथ्याङक छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार पहिरोमा परी इलाममा मात्रै ३७ जनाको मृत्यु भएको छ । १ जना अझै बेपत्ता छन् । मृतक मध्ये १३ जना पुरुष र १४ जना महिला र ३ जना बालक र ७ जना बालिका छन् । इलाममा १ जना पुरुष बेपत्ता छन् ।

प्रहरीका अनुसार बाढी र पहिरोमा परी पाँचथरमा २ जनाको मृत्यु भएको छ । शनिबार भएको दुर्घटनामा ६ जनाको मृत्यु भएको थियो ।
बाढीमा परी उदयपुरमा २ जना र खोटाङमा २ जनाको मृत्यु भएको छ ।

बाढीमा बगेर मोरङमा १ जना महिलाको मृत्यु भएको छ । झापामा एक जना पुुरुषको शव फेला परेको छ ।

बाढीका कारण ६ हजार बढी परिवार विस्थापित भएका छन् ।

प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार झापामा ५ हजार ४२५ घरपरिवार विस्थापित भएका छन् । मोरङमा ३८६ घरपरिवार, सुनसरीमा ४५ घर, धनकुटामा ६ घर, उदयपुरमा ३ घर र खोटाङमा ३ घरपरिवार विस्थापित भएका छन् ।

प्रकाशित मिति: आइतबार, १९ असोज, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.