आमासँग पठाइयो मेचीमा बगेकाे छावा

Satya Sanchar सत्य सञ्चार

विराटनगर । भारतीय क्षेत्रबाट प्राय हरेक दिन राति झापाको बाहुनडाँगी आउने हात्तीको बथान भारततर्फ फर्कन्छ । यो प्रकृया वर्षौदेखि निरन्तर छ । शनिबार राति बाहुनडाँगी आएको हात्तीको बथान आइतबार बिहान फर्कदा समस्यामा पर्यो । नेपाल– भारत सीमा भएर बग्ने मेची नदीमा आएको बाढीका कारण सुरुमा हात्तीको बथान तर्न सकेन । तर, एक झुण्ड भएर तर्दा ठूला हात्ती खोला तरे । तीन वटा छावा भने मेची नदीमा बगे ।

‘ हिजो आउँदा बाडी थिएन, आज फर्कदा एकदमै ठूलो बाढी थियो मेचीमा,’ संरक्षणकर्मी देवेन्द्र कुमार खरेल भन्छन्,‘ बाढीका कारण सुरुमा खोला तर्न सकेनन, दुई तीन घण्टामा पानी घटेपछि सबै बच्चालाई तारेर लगे ।’

उनका अनुसार नदी तर्ने क्रममा बगेका मध्ये दुई वटा हात्तीको छावा भारत तर्फ गए ।

नेपाल तर्फ आएको एउटा छावालाई सीमा क्षेत्रमा रहेका बासिन्दाले बग्दै गरेको नदीबाट निकालेका थिए । खरेलका अनुसार खोलामा करिब ३ किलोमिटर बगेपछि स्थानीयले उद्दार गरे ।

बच्चा बगेपछि खोला तरिसकेको माउ हात्ती एक्लै फर्किएर नेपाल तर्फ आयो । आफ्नो बच्चा खोज्दै हात्ती केही समय कराएको थियो । नभेटेपछि बिरक्तीएको हात्ती भारत तर्फ नै गयो ।

माउबाट छुट्टीएको बच्चालाई भारतीय पक्षलाई बोलाएर जिम्मा लगाइएको उनले बताए ।

सीमा क्षेत्रमा भारतीय बन रक्षकलाई बोलाएर स्थानीयले हात्तीको छावा जिम्मा लगाएका हुन् । ‘ माउ र बच्चाको मिलनका लागि संरक्षणकर्मीले भारतीय पक्षलाई बुझाएको हो । ‘ माउ जता छ, उतै पठाइएको हो,’ संरक्षणकर्मी खरेलले भने,‘ बन्यजन्तुको विषयमा भारतीय पक्ष पोख्त छन्, उहाँहरुले त्यहीँ बथानमा पुर्याउछन् भन्नेमा आसाबादी छौं ।’

उनका अनुसार मेचीनगर नगरपालिका– ४ बाटा बगाएको छावालाई मेचीनगर ५ बाट उद्दार गरिएको थियो । कलिलो देखिने छावा खोलामा बग्दा खुट्टामा चोट लागेको थियो ।

 

प्रकाशित मिति: आइतबार, १९ असोज, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.