केशलीया र सिंघियाकाे बाढी विराटनगरमा पस्दा १७६ परिवार विस्थापित

Satya Sanchar सत्य सञ्चार

विराटनगर । अविरल वर्षासँगै केशलीया र सिंघिया खाेलामा आएको बाढी बस्तीमा पस्दा विराटनगरका १७६ परिवार विस्थापित भएका छन् ।

केशलीया खोलामा आएको बाढी विराटनगर महानगरपालिका– १२ बखरीको सम्पन्न बस्तीमा पस्दा ७५ घरका ३५० जना विस्थापित भएका छन् । उनीहरूलाई बखरी आधारभूत विद्यालय र नयाँ बन्दै गरेको फ्याक्ट्रीमा उद्धार गरी राखिएको छ ।

सिंघिया खोलामा आएको बाढी विराटनगर महानगरपालिका– २ पूर्वटोलामा पस्दा ३५ घर डुबानमा परेको छ । ती घरका १५० जना स्थानीय सुरक्षित स्थानमा सरेका छन् ।

विराटनगर महानगरपालिका– ५ शंकरबारी टोलमा केशलीया खोलाको बाढी २० वटा घरमा पसेको छ । ती परिवारका ७० जना स्थानीय पनि आफन्तको घर गएका छन् ।

विराटनगर महानगरपालिका– ८ को सुकुम्बासी बस्तीमा सिंघिंया खोला पस्दा ११ घरका ४० जना विस्थापित भएका छन् । उनीहरु आफै सुरक्षित स्थानमा सरेका छन् ।

सिंघिया खोलामा आएको बाढी पस्दा विराटगरसँगै जोडिएको कटहरी गाउँपालिका– १ बख्खु टोलका ३५ परिवार विस्थापित भएका छन् । उनीहरुलाई नारी विकास संघको भवनमा राखिएको छ ।

प्रहरीका अनुसार सुनबर्षी नगरपालिका– ६ कैनिटोलमा बक्राहा खोलाले साइड बाँध कटान गरेको छ । उर्लाबारी– १ बोडरलाईनमा रतुवा खोलाले पनि साइड बाँध कटान गरी बस्तीमा बाढी पसेको छ ।

सुनबर्षी नगरपालिका– ३ बाहुनटोलमा पनि बक्राहा खोलाले करिब ४–५ मिटर बाँध कटान गरी ६० घरमा बाढी पसेको छ । मिक्लाजुङ गाउँपालिका– ६ मलामीटहेरामा नुनसरी खोलाको बाँध कटान गरेको छ ।

बाढी र डुबानका कारण विस्थापित भएकाहरुलाई विभिन्न संघसंसस्थाले राहत सामग्री तथा खाना वितरण गरेका छन् ।

मोरङ प्रहरी प्रमुख कवित कटवालका अनुसार बाढी र कटानका कारण मोरङ जिल्लामा २५१ परिवारका १ हजार २० जना प्रभावित छन् । ति मध्ये १७६ परिवार आफ्नो घर छाडेर विस्थापित भएका हुन् ।

प्रकाशित मिति: आइतबार, १९ असोज, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.