विराटनगर । अविरल वर्षासँगै केशलिया र सिंघिया खोलामा आएको बाढी बस्तीमा पसेको छ ।
केशलीया खोला बस्तीमा विराटनगरमा करिब १०० परिवार विस्थापित भएका छन् । सिंघिया खोलामा आएको बाढीले ११ परिवार विस्थापित भएका छन् ।
विराटनगर महानगरपालिका– ६ र १२ नम्बर वडामा केशलीया खोला किनारका बासिन्दा विस्थापित भएका हुन् ।
विराटनगर–१२ मा सम्पन्न बस्तीका ७५ घरका ३५० जना विस्थापित भएका छन् । उनीहरुलाई बखरी आधारभूत विद्यालय, दरैया आधारभूत विद्यालयमा सारिएको छ ।
बाढी बस्तीमा पसेपछि मानिसहरूलाई विद्यालय तथा नजिकको उद्योगमा सारिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।
विराटनगर ६ का केही घरमा पानी पसेपछि स्थानीय विस्थापित भएका छन् ।
विराटनगर महानगरपालिका– ८ को सुकुम्बासी बस्तीमा सिंगियाको बाढी पसेपछि ११ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।
सुनबर्षी नगरपालिका –३ बाहुनटोलमा बक्राहा खोलाले बाध काटेर बस्तीमा पसेको छ । प्रहरीका अनुसार बाध फुटाएर खोला बस्तीमा पस्दा ६० घरमा बाढीको पानी पसेको छ ।
सुनवर्षी नगरपालिका– ६ मा बक्राहा खोलाले बाध भत्काएको छ । खोलाको बाँध मर्मत भइरहेको छ । मोरङको उर्लावारी –९ मा रतुवा खोलाको पानी पस्दा २० परिवार विस्थापित भएका छन् ।
मोरङको रतुवामाई नगरपालिका– ५ मा कट्नु खोला बस्तीमा पस्दा ६ परिवार विस्थापित भएका छन् ।
रतुवामाई नगरपालिका– ५ महाराज थानमा बक्राहा खोला बस्तीमा पस्दा ९ परिवार विस्थापित भएका छन् । सोही वडाको मुसरभिट्टामा बाढी पस्दा ३० परिवार विस्थापित भएका छन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,441)
जीवन विकासले बोलायो साधारणसभा (2,410)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,370)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,353)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,220)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,157)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,119)