विराटनगरको बस्तीमा पस्यो केशलिया र सिंघिया खोलाको बाढी

Satya Sanchar सत्य सञ्चार

विराटनगर । अविरल वर्षासँगै केशलिया र सिंघिया खोलामा आएको बाढी बस्तीमा पसेको छ ।

केशलीया खोला बस्तीमा विराटनगरमा करिब १०० परिवार विस्थापित भएका छन् । सिंघिया खोलामा आएको बाढीले ११ परिवार विस्थापित भएका छन् ।

विराटनगर महानगरपालिका– ६ र १२ नम्बर वडामा केशलीया खोला किनारका बासिन्दा विस्थापित भएका हुन् ।

विराटनगर–१२ मा सम्पन्न बस्तीका ७५ घरका ३५० जना विस्थापित भएका छन् । उनीहरुलाई बखरी आधारभूत विद्यालय, दरैया आधारभूत विद्यालयमा सारिएको छ ।

बाढी बस्तीमा पसेपछि मानिसहरूलाई विद्यालय तथा नजिकको उद्योगमा सारिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

विराटनगर ६ का केही घरमा पानी पसेपछि स्थानीय विस्थापित भएका छन् ।

विराटनगर महानगरपालिका– ८ को सुकुम्बासी बस्तीमा सिंगियाको बाढी पसेपछि ११ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

सुनबर्षी नगरपालिका –३ बाहुनटोलमा बक्राहा खोलाले बाध काटेर बस्तीमा पसेको छ । प्रहरीका अनुसार बाध फुटाएर खोला बस्तीमा पस्दा ६० घरमा बाढीको पानी पसेको छ ।

सुनवर्षी नगरपालिका– ६ मा बक्राहा खोलाले बाध भत्काएको छ । खोलाको बाँध मर्मत भइरहेको छ । मोरङको उर्लावारी –९ मा रतुवा खोलाको पानी पस्दा २० परिवार विस्थापित भएका छन् ।

मोरङको रतुवामाई नगरपालिका– ५ मा कट्नु खोला बस्तीमा पस्दा ६ परिवार विस्थापित भएका छन् ।

रतुवामाई नगरपालिका– ५ महाराज थानमा बक्राहा खोला बस्तीमा पस्दा ९ परिवार विस्थापित भएका छन् । सोही वडाको मुसरभिट्टामा बाढी पस्दा ३० परिवार विस्थापित भएका छन् ।

प्रकाशित मिति: आइतबार, १९ असोज, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.