विराटनगर । पाँचथरको फिदिमनजिक तमोर नदीमा गाडी खसेको छ ।
गाडी नदीमा खस्दा हताहती भएको आशंका गरिएको छ ।
पाँचथर प्रहरीले गाडी नदीमा खसेको खबर आएपछि सुरक्षा टोली त्यसतर्फ प्रस्थान गरेको जानकारी दिएको छ ।
युवा अभियन्ता सागर ढकालले उद्धारका लागि आह्वान गरेका छन् ।
दुर्घटनास्थलनजिकै रहेका उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘इमर्जेन्सी परेको छ, मभन्दा अगाडिको गाडी खसेर धेरैको ज्यान गएको छ । सबैले सकेको छिटो हेलिकोप्टर एम्बुलेन्स वा गाडीहरू छिटोभन्दा छिटो पठाइदिनुस् न है ।’
ताप्लेजुङबाट धरानतर्फ जाँदै गरेको गाडी पाँचथरको कात्तिकेनजिकै तमोर नदीमा खसेको हो ।
पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले उद्धार टोली घटनास्थल पुगिसकेको जानकारी दिए ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,623)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,582)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,575)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,287)