काठमाडौं । जल तथा मौसम विज्ञान विभागले असोज १७ देखि २० गतेसम्म वाग्मतीसहित विभिन्न प्रदेशमा मनसुनी गतिविधि सक्रिय हुने सम्भावना देखिएको जनाएको छ ।
विभागले विज्ञप्ति जारी गर्दै कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसम्म मनसुनी गतिविधि सक्रिय हुने सम्भावना देखिएको जनाएको हो ।
“बंगालको खाडीमा विकसित भएको न्यून चापीय मौसमी प्रणाली भारतको ओडिसाबाट जमिनको भू–भागमा प्रवेश गरी मध्य भारततर्फ क्रमशः सर्ने भएको र सो न्यून चापीय प्रणालीको कारणले नेपालमा जलवाष्फ युक्त मनसुनी वायु प्रवेश गरी आगामी असोज १७ गतेबाट २० गतेसम्म खास गरी कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशसम्म मनसुनी गतिविधि सक्रिय हुने सम्भावना देखिएको छ” विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
तीन दिनसम्म नारायणी, बागमती, कमला र कोशअं नदी र यी नदीका सहायक नदीहरूमा बहाब उल्लेख्य बढ्ने र खतरा तह आसपास पुग्न सक्ने देखिएको छ ।
साथै कोशअं, बागमती, गण्डकी, लुम्बिनी र मधेस प्रदेशका महाभारत, चुरे भई बहने स–साना नदीनालाहरूमा आकस्मिक बहाब हुन सक्ने सम्भावना रहेको छ ।
विशेषगरी बागमती प्रदेशका काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन, कोसी प्रदेशका संखुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङ, मधेस प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट र आसपासका जिल्ला भई बहने स–साना नदीहरूमा आकस्मिक बहावको सम्भावना उच्च रहेको विभागले जनाएको छ ।
मुख्यतः असोज १८–२० सम्म विशेष सतर्कता अपनाउन विभागको अनुरोध छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,623)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,582)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,575)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,287)