मनसुन बाहिरिने क्रम राेकियाे, वर्षाकाे सम्भावना

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । यो वर्षको मनसुन बाहिरिने क्रम तत्काललाई रोकिएको मौसमविद्ले बताएका छन् ।

मनसुन बाहिरिँदै भारतको उत्तराखण्ड, उत्तर प्रदेशसम्म पुगेको छ । अब भने कम्तीमा एक साता मनसुन बाहिरिने क्रम रोकिने सम्भावना उच्च रहेको जलवायुविज्ञ डा. धर्मराज उप्रेतीले उल्लेख गरेका छन् ।

“ समुद्रमा उत्पन्न नयाँ प्रणालीका कारण मनसुन बाहिरिने क्रम रोकिएको हो । यो कुरा भारत मौसम विभागले हिजो जारी विज्ञप्तिमा उल्लेख्य गरेको छ,” विज्ञ उप्रेतीले भनेका छन्,’असोज १८ देखि असोज २१ सम्म नेपालमा पनि (वर्षा गराउने प्रणाली) सक्रिय हुने सम्भावना छ ।’

समुद्रमा उत्पन्न त्यही नयाँ प्रणालीका कारण बडादसैँ टीकाको भोलिपल्ट (असोज १७)देखि पूर्वी नेपालबाट भारी वर्षा गराउने प्रणाली विकास भएको छ ।

भारत मौसम विभागले असोज १७–१९ गतेसम्म सिक्किम, पश्चिम बंगाल, बिहारमा भारी वर्षाको ‘अलर्ट’ जारी गरेको छ ।

प्रकाशित मिति: मङ्गलबार, १४ असोज, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.