विराटनगर । विराटनगर महानगरपालिकाकाे प्रशासनिक भवन जलेको दुई सातपछि कार्यपालिका बैठक बसेकाे छ । अष्ट्रेलिया भ्रमणमा रहेका मेयर नागेश काेइराला स्वदेश फर्किएपछि आइतबार कार्यपालिका बैठक बसेकाे हाे ।
गत भदौं १९ गते उनी अष्ट्रेलिया गएका थिए । अष्ट्रेलिया पुगेको तीन सातापछि र महानगरपालिका आगजनी भएकाे दुई सातापछि मेयर कोइराला स्वदेश फर्किएका थिए । उनी उपस्थित नहुँदा उपमेयर शिल्पा निरला कार्कीले महानगरको कार्यभार सम्हालेकी थिइन् ।
उनी फर्किएपछि बसेकाे कार्यपालिका बैठकले प्रशासनिक भवनसहित आगजनी र तोडफोड भएका वडा कार्यालयहरुको पुनर्निर्माणलाई तीव्रता दिने, महानगरबाट प्रवाह हुने अत्यावश्यक सेवालाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ ।
आइतबार नै उनले क्षतिग्रस्ता संरचनाको निरीक्षण पनि गरे । जेनजी आन्दोलनका क्रममा क्षति भएको कोइराला निवाससहित महानगरको प्रशासनिक भवन, वडा नम्बर १ का अध्यक्ष काजीबहादुर बस्नेतको घर र कांग्रेस पार्टी कार्यालयको निरीक्षण गरेको उनको सचिवालयले जनाएको छ ।
प्रजातान्त्रिक आन्दोलनको धरोहरका रुपमा रहेको कोइराला निवास पुग्दा मेयर कोइराला भक्कानिएको उनको सचिवालयले जनाएको छ । निवासलाई पहिलाकै अवस्थामा फर्काउन आफूले सक्दो सहयोग गने बताए ।
‘यो जलेको घरले देशमा आजको अवस्था ल्याउन अग्रणी भूमिका खेलेको थियो । इतिहासलाई भेट्ने प्रयास गरिएको छ ।’ उनले भने, ‘यही खरानीको घरको माटोमा उभिएर भन्छु हामी पहिलाकै अवस्थामा पुग्नेछौं । जेनजीले सोचेजस्तै नेपाल बनाउनेछौं ।’
पिताजी कृष्णप्रसाद कोइरालाले निर्माण गरेको कोइराला निवास भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको थियो । सोही घरबाट पिताजीले राणा प्रधानमन्त्री चन्द्र शम्शेरलाई फाटेको भोटे पठाएर आन्दोलन सुरु गरेका थिए ।
महानगरको निरीक्षणपछि भौतिक संरचना जले पनि जनताको सेवा गर्ने हिम्मत र साहस नजलेको प्रतिक्रिया दिए ।‘सम्पूर्ण कागजपत्र जलेका कारण जनताले नै दुःख पाउने अवस्था सिर्जना भएको छ, उनले भने,‘जे नहुनुपर्ने थियो भयो अब सबै मिलेर अगाडि बढ्नुको विकल्प छैन ।’
अष्ट्रेलियामा रहँदा मेयर कोइरालाले एनआरएनएले आयोजना गरेका विभिन्न कार्यक्रममा सहभागी भएका थिए । सो क्रममा उनले विराटनगरको विकासका लागि मन खोलेर सहयोग गर्न आग्रह गरेका थिए ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,623)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,582)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,575)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,287)