काठमाडौं । देशका धेरै ठाउँमा वर्षा भइरहेकाे छ । गएरातिदेखि बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा मापन भएको छ ।
कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक–दुई ठाउँमा भारी वर्षा भएको छ ।
आज दिउँसो कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भू–भागका धेरै स्थानहरूमा वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको पनि मौसमविद्अ धिकारीले जानकारी दिए ।
बाँकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
राति, गण्डकी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ । बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा, कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभागका मौसमविदहरुले आगामी दिनमा पनि पानी पर्ने सम्भावना कायमै रहेको बताएका छन् ।
जल तथा मौसम विज्ञान विभागले दसैँ विशेष मौसम बुलेटिन जारी गर्दै अष्टमी, नवमी र दशमीको दिनमा पनि पानी पर्ने जनाएको छ । विभागका अनुसार अष्टमी र नवमीको तुलनामा दशमी अर्थात् दसैँको टीकाको दिनमा धेरै ठाउँमा पानी पर्ने सम्भावना छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,623)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,582)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,575)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,287)