अभिनेताबाट नेता बनेका थलापतिकाे र्‍यालीमा भागदौड हुँदा ३६ जनाकाे मृत्यु

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । भारतको दक्षिणी राज्य तमिलनाडुमा राजनीतिक र्‍यालीमा भागदौड मच्चिँदा बालबालिकासहित कम्तीमा ३६ जनाको मृत्यु भएको छ ।

अभिनेताबाट राजनीतिज्ञ बनेका थलापति विजयको प्रचार कार्यक्रममा शनिबार दक्षिणी करुर जिल्लामा हजारौँ मानिस भेला भएका थिए । भिडमा भागदाैड भएकाे थियाे ।

राजनीतिज्ञ सेन्थिल बालाजीले स्थानीय अस्पतालबाहिर पत्रकारलाई मृत्युको पुष्टि गर्दै ५० भन्दा बढी मानिस घाइते भएका बताए ।

राज्यका स्वास्थ्यमन्त्री एम सुब्रमण्यनले स्थानीय सञ्चारमाध्यमलाई जानकारी दिँदै मृत्यु हुनेमा कम्तीमा १६ महिला, नौ पुरुष र ६ बालबालिका रहेका बताएका छन् ।

तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनले मृतकका परिवारलाई १०/१० लाख भारु राहत प्रदान र घटनाको जाँचबुझ गरिने जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, १२ असोज, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.