वेस्ट इन्डिजविरुद्ध नेपालकाे ऐतिहासिक जित

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । नेपालले वेस्ट इन्डिजविरुद्ध ऐतिहासिक ट्वान्टी–२० शृंखलाको पहिलो खेलमा जित निकालेकाे छ । शनिबार दुईपटकको टी–२० विश्वकप च्याम्पियन वेस्ट इन्डिजलाई १९ रनले पराजित गरेकाे हाे । नेपालले टेस्ट राष्ट्रविरुद्ध निकालेकाे याे पहिलो जित हाे ।

युनाइटेड अरब इमिरेट्स (यूएई)को शारजाह क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको १४९ रनको लक्ष्य पछ्याउने क्रममा वेस्ट इन्डिजले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १२९ रन मात्र बनाउन सक्यो ।

वेस्ट इन्डिजका नविन बिदाइसीले सर्वाधिक २२ रन बनाए । अमिर जांगोले १९, कप्तान अकिल हुसैनले १८, केसी कार्थीले १६ र अकिम अगस्टेले १५ रन थपे । नेपालका कुशल भुर्तेलले दुई विकेट लिए । करण केसी, नन्दन यादव, ललित राजवंशी, दीपेन्द्रसिंह ऐरी र कप्तान रोहितकुमार पौडेलले समान एक विकेट लिए ।

त्यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १४८ रन बनाएको थियो ।

नेपालका कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ३८ रन बनाए । रोहितले ३५ बलमा तीन चौका र एक छक्का प्रहार गरे । कुशल मल्लले नेपाली टिमको खातामा ३० रन थपे । उनले २१ बलमा दुई चौका र दुई छक्का प्रहार गरे । १२–२ को स्थितिबाट कुशल र रोहितले ५८ रनको साझेदारी गदै नेपालको इनिङ सम्हालेका थिए ।

नेपालले १०.४ ओभरमा कुशल मल्ललाई गुमाएको थियो । नेपालले १२.४ ओभरमा कप्तान पौडेललाई गुमाएको थियो ।

नेपालको खातामा गुल्सन झाले १६ बलमा दुई छक्कासहित २२ रन जोडे । दीपेन्द्रसिंह ऐरीले १७ रन बनाए । सन्दीप जोराले नौ रन थपे । करण केसी ‘गोल्डेन डक’ भए । सोमपाल कामी र नन्दन यादव क्रमशः ६ र सात रनमा अविजित रहे ।

स्कोरबोर्डमा १२ रन जोड्दा नेपालले दुवै ओपनरलाई गुमाएको थियो । नेपालले २.१ ओभरमा पहिलो विकेटका रूपमा कुशल भुर्तेललाई गुमाएको थियो । स्टम्प आउट भएका भुर्तेलले ६ रन बनाए । त्यसपछि नेपालले ३.१ ओभरमा अर्का ओपनर आसिफ शेखलाई गुमायो । आसिफले तीन रन मात्र बनाए ।

वेस्ट इन्डिजका अनुभवी अलराउन्डर जासन होल्डरले सर्वाधिक चार विकेट लिए । उनले चार ओभरमा २० रन खर्चिए । नविन बिडाइसीले तीन विकेट लिए । कप्तान अकिल हुसैनको नाममा एक विकेट रह्यो ।

नेपाली टिमले टेस्ट राष्ट्रविरुद्ध खेलिरहेको यो पहिलो टी–२० शृंखला हो । नेपालले वेस्ट इन्डिजसँग तीन खेलको शृंखला खेल्ने तालिका छ । नेपालले सोमबार दोस्रो र मंगलबार तेस्रो तथा शृंखलाको अन्तिम खेल खेल्नेछ ।

प्रकाशित मिति: आइतबार, १२ असोज, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.