वेस्ट इन्डिजविरुद्ध पहिलाे पटक खेल्दै नेपाल

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । नेपाली क्रिकेट टोलीले आज वेस्ट इन्डिजविरुद्ध खेल्दैछ । खेल आज यूएईको शारजहाँस्थित शारजहाँ क्रिकेट रंगशालामा राति ८: १५ बाट सुरु हुनेछ ।

नेपालले टेस्ट राष्ट्रविरुद्ध ट्वान्टी–२० अन्तर्राष्ट्रियमा ९ पटक खेलिसकेको छ  । तर, अहिलेसम्म नेपालले कुनै जित हात पार्न सकेको छैन । वेस्ट इन्डिजविरुद्भ इतिहास रच्ने तयारीमा नेपाल छ ।

नेपालका कप्तान रोहित पौडेलले आजकाे खेल राम्राे हुने बताएका छन् ।

‘आफ्नो बेस्ट क्रिकेट खेल्यो भने जित्न सकिन्छ, टिममा सबैजना सकारात्मक हुनुहुन्छ र मनोबल पनि उच्च छ, हामी शृंखला जित्न सक्छौं भन्ने छ’ उनले भनेका छन् ।

रोहितले यो नेपालको घरेलु शृंखला भएपनि घरेलु मैदानमा नखेलेको हुँदा केही फरक अनुभव हुने बताए ।

वेस्ट इन्डिजका कप्तान अकिल होसेनले पनि नेपालको ऐतिहासिक शृंखलाको हिस्सा हुन पाउँदा खुसी लागेको बताउँदै खेलका लागि उत्साहित रहेको बताए ।

नेपाल र वेस्ट इन्डिजको खेल तालिका

पहिलो खेल : २७ सेप्टेम्बर (११ असोज)- बेलुका ८:१५

दोस्रो खेल : २९ सेप्टेम्बर (१३ असोज)- बेलुका ८:१५

तेस्रो खेल : ३० सेप्टेम्बर (१४ असोज)- बेलुका ८:१५

 

प्रकाशित मिति: शनिबार, ११ असोज, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.