दाताको सहयोगमा उठ्दैछ मोरङ प्रशासन, सेवा प्रवाह दसैँपछि

Satya Sanchar सत्य सञ्चार

विराटनगर । जेनजी आन्दोलनका क्रममा अराजक समूहले आगजनी गर्दा ध्वस्त भएको जिल्ला प्रशासन कार्यालय मोरङको प्रशासनिक भवन मर्मत भइरहेको छ । कार्यालय सञ्चालनका लागि आवश्यक सामग्री जुटाउने काम पनि जारी छ ।

माेरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार कार्यालय मर्मत र सामग्री जुटाउन राज्यकोषको बजेट खर्च भएको छैन, विभिन्न संघसंस्थाले सहयोग गरिरहेका छन् ।

कार्यालयमा आगजनी भएका कारण यादव कार्यालय परिसरमै रहेको सटरमा कार्यकक्ष बनाएर बसेका छन् ।

उनका अनुसार आगजनी र लुटपाटबाट जिल्ला प्रशासन कार्यालयका केही सामग्री बाँकी छैन । ‘कार्यालयमा केही सामग्री छैन, लुटपाट र आगजनी भयो,’ उनले भने, ‘लुटिएकोमध्ये एउटा प्रिन्टर फिर्ता आएको छ ।’

कार्यालय सञ्चालनका लागि विभिन्न संघसंस्थाले कम्युटर, प्रिन्टर, टेबल, कुर्सीलगायत संरचना जुटाइदिएका छन् ।

बिहीबार जीवन विकास लघुवित्त वित्तीय संस्थाले तीन वटा कलर प्रिन्टर सहयोग गरेको छ । जीवन विकासका नायव प्रमुख कार्यकारी अधिकृत दामोदर रेग्मीले प्रमुख जिल्ला अधिकारी यादवलाई प्रिन्टर हस्तान्तरण गरे ।

यसअघि नेपाल उद्योग वाणिज्य संघ कोशी प्रदेशले १० वटा कम्युटर सहयोग गरेको थियो । निर्माण व्यावसायी संघले कार्यालय मर्मत गर्दैछ । राष्ट्रिय परिचयपत्र वितरणका लागि छुट्टै टहरा पनि संघले निर्माण गर्दैछ । इँटा व्यावसायी संघले २१ वटा टेबुल-कुर्सी सहयोग गरेको छ ।

यसैगरी सुनौलो पूर्व नेपाल यातायात व्यावसायी संघले पंखा, मदिरा व्यावसायी संघले कुर्सी सहयोग गरेको छ । रङरोगनका लागि एसियन पेन्टसले रङ दिएको छ । रङरोगनको लागत उद्योग वाणिज्य महासंघले ब्यहोर्ने बताएको छ ।

कार्यालयको नेटवर्किङ कम्युटर एसोसिएसनले गर्दैछ । अन्य संघसंस्थाले पनि सहयोग गरेका छन् । थप सहयोगको आश्वासन पनि आएको छ । कार्यालयका लागि आवश्यक सामग्री संघसंस्थाको जुटाउने काम भइरहको यादवले बताए । तत्काल सेवा प्रवाहका लागि १२ थान कम्युटर, ५ थान प्रिन्टर र टेबल-कुर्सी सहयोग आएको उनले बताए ।

जिल्ला प्रशासन कार्यालयमा नागरिकता वितरण, राष्ट्रिय परिचयत्रपत्र र राहदानीको काम रोकिएको छ । दसैँपछि मात्रै पूर्णसेवा प्रवाह गर्ने तयारी छ । अहिले अत्यावश्यक सेवा प्रवाह भइरहेकाे छ ।

प्रकाशित मिति: शुक्रबार, १० असोज, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.