केपी शर्मा ओलीले प्रधानमन्त्री कार्यालय लगेका विभाग मन्त्रालयमा फिर्ता

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । अन्तरिम सरकारले प्रधानमन्त्री कार्यालय मातहत रहेका तीन निकायलाई सम्बन्धित मन्त्रालयमा पठाउने निर्णय गरेको छ ।

राष्ट्रिय अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभाग र राजस्व अनुसन्धान विभागलाई विगतमा सम्बन्धित मन्त्रालयमातहत नै ल्याउने निर्णय गरेको हो ।

सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदिश खरेलका अनुसार राजश्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अर्थ मन्त्रालय मातहत ल्याइएको छ ।

राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालय मातहत ल्याइएको छ ।

विस २०७४ को निर्वाचनमा एमाले र माओवादीले करिब दुई तिहाइ बहुमत ल्याएपछि प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले यी तीन महत्वपूर्ण विभागलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याएका थिए ।

तीन विभागलाई प्रधानमन्त्री कार्यालय मातहत लगेपछि शक्ति केन्द्रीत गर्न खोजेको भन्दै ओलीको आलोचना भएको थियो । जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले विभागलाई सम्बन्धित मन्त्रालय मातहतमा फिर्ता पठाएको हो ।

प्रकाशित मिति: बिहिबार, ०९ असोज, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.