काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारले संविधान संशोधन गर्न नसकिने बताएकी छन् ।
बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले वैधानिक प्रक्रियाबाट नै संविधान संशोधन गर्न सकिने बताएकी छिन् ।
संविधान संशोधन वर्तमान अन्तरिम सरकारको कार्यक्षेत्रभन्दा बाहिरको विषय रहेको उनको भनाई छ ।
जेनजी आन्दोलनको माग अनुसार संविधान संशोधन आगामी निर्वाचनबाट आउने संसद्ले गर्नेछ । उनले निर्वाचनमा सहभागी हुन जेनजी पुस्तालगायत सबै सरोकारवाललाई आग्रह पनि गरेकी छन् ।
राष्ट्रको नाममा सम्बोधन गर्दै उनले रोजगारीको सिलसिलामा देशबाहिर रहेका नेपालीलाई विदेशबाटै मतदान गर्नसक्ने सम्भावनाको बारेमा छलफल भइरहेको बताइन् ।
वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकको मर्यादित रोजगारी तथा तीनका हकहितको संरक्षण एवं गैर नेपाली नागरिकले उठाएका संविधानसम्मत मागप्रति वर्तमान सरकार सकारात्मक रहेको उनले भनाई छ ।
‘प्रतिनिधिसभाको आगामी निर्वाचनमा उत्साहका साथ भाग लिन पनि उनले आग्रह गरेकी छन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,435)
जीवन विकासले बोलायो साधारणसभा (2,402)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,364)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,342)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,216)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,153)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,115)