वर्तमान सरकारले संविधान संशोधन गर्न सक्दैन : प्रधानमन्त्री कार्की

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारले संविधान संशोधन गर्न नसकिने बताएकी छन् ।

बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले वैधानिक प्रक्रियाबाट नै संविधान संशोधन गर्न सकिने बताएकी छिन् ।

संविधान संशोधन वर्तमान अन्तरिम सरकारको कार्यक्षेत्रभन्दा बाहिरको विषय रहेको उनको भनाई छ ।

जेनजी आन्दोलनको माग अनुसार संविधान संशोधन आगामी निर्वाचनबाट आउने संसद्ले गर्नेछ । उनले निर्वाचनमा सहभागी हुन जेनजी पुस्तालगायत सबै सरोकारवाललाई आग्रह पनि गरेकी छन् ।

राष्ट्रको नाममा सम्बोधन गर्दै उनले रोजगारीको सिलसिलामा देशबाहिर रहेका नेपालीलाई विदेशबाटै मतदान गर्नसक्ने सम्भावनाको बारेमा छलफल भइरहेको बताइन् ।

वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकको मर्यादित रोजगारी तथा तीनका हकहितको संरक्षण एवं गैर नेपाली नागरिकले उठाएका संविधानसम्मत मागप्रति वर्तमान सरकार सकारात्मक रहेको उनले भनाई छ ।

‘प्रतिनिधिसभाको आगामी निर्वाचनमा उत्साहका साथ भाग लिन पनि उनले आग्रह गरेकी छन् ।

प्रकाशित मिति: बिहिबार, ०९ असोज, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.