विराटनगर । सुनसरीको इटहरीमा लेनदेनको विवादमा एक जनाको हत्या भएको छ ।
इटहरी उपमहानगरपालिका–१६ उब्दीका ४२ वर्षीय रामकुमार चौधरीको कुटपिटबाट मंगलबार राति ११ः२० बजेतिर मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ ।
रामकुमारको हत्या गरेको आरोपमा सोही ठाउँका ५५ वर्षीय लाले चौधरी पक्राउ गरेको प्रहरीले जनाएको छ । रामकुमारसँग मंगलबार राति ९ः३० बजेतिर लेनदेनको विषयमा विवाद भएको थियो ।
दुवै जनाबीच विवाद बढ्दै गएपछि लालेले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भएका रामकुमारलाई उनकै परिवारले इटहरीको सान्बी सिटी अस्पताल लगे पनि त्यहाँ उपचार सम्भव नभएपछि मोरङको बुढीगंगास्थित विराट टिचिङ अस्पतालमा उपचारकै क्रममा राति नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,623)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,582)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,575)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,287)