मनसुनी वायुकाे प्रभाव कमजाेर, काेशी र बागमतीमा वर्षाकाे सम्भावना

Satya Sanchar सत्य सञ्चार

काठमाडाैं । मनसुनी वायुको प्रभाव कमजोर भएपनि स्थानीय वायुको आंशिक प्रभावका कारण नेपालका केही भूभागमा आज मध्यमदेखि भारी वर्षाको सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशको पहाडी भूभागमा साधारणतया बदली रहनेछ ।  दिउँसे कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

कोशी र बागमती प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

विभागले राति देशको पहाडी भूभागमा आंशिक बदली रहने बताएको छ ।

बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।  कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा देशका बाँकी पहाडी भूभागको एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

प्रकाशित मिति: बिहिबार, ०९ असोज, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.