विराटनगर । नेपालमा पहिलो पटक विराटनगर भन्सारमा भन्सार मूल्याङ्कन डाटाबेस प्रणाली सञ्चालनमा आएको छ । अर्थमन्त्री रामेश्वर खनालले भन्सार मूल्याङ्कन डाटाबेस प्रणालीको उद्घाटन गरे ।
भन्सार प्रशासनमा पारदर्शीता बढाउन अनलाइन डाटाबेस प्रणाली लागु गरिएको हो । यसले भन्सार प्रक्रियालाई छिटोछरितो र कम जोखिमपूर्ण बनाउने अर्थमन्त्री खनालले बताए । उनले करको दर नभई दायरा फराकिलो बनाएर आर्थिक वृद्धि हासिल गर्ने सरकारको लक्ष्य रहेको बताए ।
भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीका अनुसार नयाँ प्रणालीले वस्तुको मूल्याङ्कन प्रक्रियालाई सुधार गर्नेछ । पारदर्शी र कम जोखिमपूर्ण पनि हुने उनको भनाइ छ । भन्सार मूल्याङ्कन डाटाबेस प्रणालीले सम्भावित अनियमितता पनि नियन्त्रण गर्ने उनले बताए ।
वस्तुको मूल्यांकनमा सफ्टवेयरमा आर्टिफिसियल इन्टेलिजेन्स पनि प्रयोग गर्ने योजना रहेको उनले बताएका छन् । विराटनगरमा पाइलट कार्यक्रमका रुपमा सञ्चालन गरिएको उनले बताए ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (1,540)
जीवन विकासले बोलायो साधारणसभा (1,488)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (1,453)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (1,407)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (1,359)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (1,266)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (708)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (676)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (667)