विराटनगर भन्सारमा अनलाइन भ्यालुएसन सफ्टवेयर प्रणाली

Satya Sanchar सत्य सञ्चार

विराटनगर । नेपालमा पहिलो पटक विराटनगर भन्सारमा भन्सार मूल्याङ्कन डाटाबेस प्रणाली सञ्चालनमा आएको छ । अर्थमन्त्री रामेश्वर खनालले भन्सार मूल्याङ्कन डाटाबेस प्रणालीको उद्घाटन गरे ।

भन्सार प्रशासनमा पारदर्शीता बढाउन अनलाइन डाटाबेस प्रणाली लागु गरिएको हो । यसले भन्सार प्रक्रियालाई छिटोछरितो र कम जोखिमपूर्ण बनाउने अर्थमन्त्री खनालले बताए । उनले करको दर नभई दायरा फराकिलो बनाएर आर्थिक वृद्धि हासिल गर्ने सरकारको लक्ष्य रहेको बताए ।

भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीका अनुसार नयाँ प्रणालीले वस्तुको मूल्याङ्कन प्रक्रियालाई सुधार गर्नेछ । पारदर्शी र कम जोखिमपूर्ण पनि हुने उनको भनाइ छ । भन्सार मूल्याङ्कन डाटाबेस प्रणालीले सम्भावित अनियमितता पनि नियन्त्रण गर्ने उनले बताए ।

वस्तुको मूल्यांकनमा सफ्टवेयरमा आर्टिफिसियल इन्टेलिजेन्स पनि प्रयोग गर्ने योजना रहेको उनले बताएका छन् । विराटनगरमा पाइलट कार्यक्रमका रुपमा सञ्चालन गरिएको उनले बताए ।

प्रकाशित मिति: बुधबार, ०८ असोज, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.