मुग्लिन–नारायणगढ सडकमा ठूलाे पहिराे, वैकल्पिक बाटाे प्रयाेग गर्न आग्रह

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । पहिराे पन्छाउन समय लाग्ने भएपछि मुग्लिन–नारायणगढ सडकखण्ड आज दिनभर बन्द हुने भएको छ ।

हिजो दिउँसोबाट बन्द भएको उक्त सडकखण्ड आज पनि दिनभर बन्द हुने अवस्था रहेको सडक डिभिजन कार्यालय चितवनले जनाएको छ ।

“मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोला पुलनजिकै हिजो दिउँसो ४ः५० बजेतिर गएको ठूलो पहिरोका कारण सडक आवागमन पूर्णरूपमा बन्द हुन पुगेको छ,” सडक डिभिजन कार्यालय चितवनले भनेको छ, “पहिरो पन्छाउनको लागि आज दिनभरजसो लाग्ने भएको छ ।”

तुइन खाेला आसपास मात्रै पछिल्लाे डेढसातामा १३ पटक पहिराे गएकाे छ ।

सडक डिभिजन कार्यालयले उक्त सडक प्रयोग गर्ने सम्पूर्ण सवारीधनी एवं यात्रुलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ । पटकपटक गइरहेको पहिरोका कारण दसैँमा घर फर्कने यात्रुले समस्या झेल्नु परेको छ ।

प्रकाशित मिति: बुधबार, ०८ असोज, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.