विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङको अगाडि छ, प्रादेशिक हुलाक निर्देशनालय विराटनगर ।
जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते अराजक समूहको निशानामा हुलाक कार्यालय पनि पर्याे । आगजनीबाट खरानी भएको जिल्ला प्रशासन कार्यालयमा दिनहुँ सहयोगका लागि दाताहरु पुग्छन् । प्रशासन कार्यालय अगाडि रहेको हुलाकमा भने कसैको नजर परेको छैन ।
निमित्त कार्यालय प्रमुख विष्णुबहादुर बुढाथोकीका अनुसार कार्यालयका सबै सामग्री जलेर खरानी भएको छ । धुवाको मुस्लोले कालो भएको भित्ता र केही फर्निचर बाहेक केही बचेको छैन ।
‘हाम्रो कार्यालयमा केही बाँकी छैन, धेरै जले, नजलेका सामग्री लुटपाट भयो,’ बुढाथोकीले भने,‘ हुलाकले कसैको केही बिगारेको थिएन, आगजनी गर्दा केही बचेन ।’
उनका अनुसार कार्यालयको सरसफाइ र सहानुभूति दिनका लागि कार्यालयमा कोही पुगेनन् ।
‘कार्यालयकै कर्मचारीले हुलाक कार्यालय सफा गर्दैैछौं,’उनले भने,‘ तत्काल सेवा सुरु गर्न सक्ने अवस्थामा छैनौं ।’
हुलाक कुनै समय चिठीपत्र मार्फत खबर आदानप्रदान गर्ने प्रमुख माध्यम थियो । प्रविधिको विकाससँगै हुलाकमा चाप घटेपनि सरकारी चिट्ठी पत्र, देश विदेशबाट पार्सल पठाउनका लागि हुलाक भरपर्दाे माध्ययम हो । पत्रपत्रिकाको काम पनि हुलाकबाटै हुन्छ ।
उनका अनुसार विदेशबाट आएका करिब १५० वटा पार्सल जलेर नष्ट भएको छ । सरकारी र व्यक्तीगत चिट्ठी पत्रहरु सबै जलेको छ । चिट्ठी पत्रको रेकर्ड पनि जलेको छ ।
हुलाक कार्यालयमा भएको गाडी र निजी मोटरसाइकल जलेका छन् । कम्युटर, प्रिन्टर, ल्यापटप, चिट्ठी पत्र राख्ने दसाज पनि जलेको छ । आगोले नभटेका सामग्री लुटपाट भएको थियो ।
‘दसैँ अघि कार्यालय सञ्चालन गर्न सक्ने अवस्था छैन, हामीसँग एउटा कम्युटर पनि बचेन,’ उनले भने,‘काम सुरु गर्नका लागि झापा र सुनसरीको हुलाकबाट १–१ वटा कम्युटर मगाएका छौं ।’
आगजनीबाट कार्यालयको १ करोड २५ लाख बराबरको भौतिक क्षति भएको छ । वर्षाैदेखिका कागजात र चिठीपत्र पनि जलेका छन् । जसको क्षतिको मूल्याङ्कन रुपैयाँमा हुननक्सने उनले बताए ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,623)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,582)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,575)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,287)