विराटनगरमा महिलामाथि एसिड प्रहार

Satya Sanchar सत्य सञ्चार

विराटनगर । विराटनगर महानगरपालिका–९ मा एक व्यक्तीले भाउजुमाथि एसिड प्रहार गरेका छन् । स्थानीय २५ वर्षीय छोटु भनिने श्रवण साहले २२ वर्षीय भाउजु रागिनीदेवी साहमाथि एसिड प्रहार गरेका हुन् ।

प्रहरीका अनुसार घटना सोमबारको हो । एसिड प्रहारबाट घाइते महिलाको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ । उनको अवस्था खतरामुक्त छ ।

प्रहरीका अनुसार भाउजुमाथि प्रहार गर्नका लागि देवरले वियरको बोतलमा एसिड लिएर आएका थिए । दाजु घरमा नभएको मौकामा उनले भाउजुमाथि एसिड प्रहार गरेका थिए । अनुहारमा प्रहार गरेको एसिड रोक्ने क्रममा महिलाको हात र शरीरका अन्य भागमा लागेको छ । उनले लगाएको सल एसिडले जलेको थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा लेनदेन विवादमा महिलामाथि एसिड प्रहार भएको खुलेको छ ।

मोरङ प्रहरीकी प्रवक्ता, डिएसपी कोपिला चुँडालले एसिड प्रहार गर्ने साहको खोजी  भइरहेकाे बताइन् । घरायसी विवादमा एसिड प्रहार भएको बताउँदै उनले घाइते महिलाको अवस्था खतरामुक्त रहेको उनकाे भनाइ छ ।

प्रकाशित मिति: मङ्गलबार, ०७ असोज, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.