दुई प्रदेशमा भारी वर्षाकाे सम्भावना

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । हाल मनसुनी वायुको प्रभाव केही कमजोर छ । स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएकाे छ । जसले गर्दा देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना छ ।

विभागका अनुसार दिउँसो कोशी प्रदेशलगायत देशको पहाडी भूभागमा साधारणतया बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदली हुनेछ ।

कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको थोरै स्थानमा तथा बाँकी प्रदेशको पहाडी क्षेत्रका तथा तराई भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

कोशी र बागमती प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

विभागले राति पहाडी भूभागमा साधारणतया बदली रहने बताएको छ ।  बाँकी भूभागमा आंशिक बदली रहनेछ ।

देशको पहाडी भूभागका थोरै स्थानमा तथा तराई भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति: मङ्गलबार, ०७ असोज, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.