कार्की नेतृत्वकाे सरकारमा ४ मन्त्री थपिए, मन्त्रीमण्डल अझै अपूर्ण

Satya Sanchar सत्य सञ्चार

काठमाडाै‌ । सुशीला कार्की नेतृत्वकाे अन्तरिम सरकारमा चार जना मन्त्री थपिएका छन् ।

कार्की नेतृत्वको सरकारमा पूर्वन्यायाधिश अनिल सिन्हा, प्रविधिको क्षेत्रमा काम गरिरहेका महावीर पुन, कृषि विज्ञ मदन परियार र सञ्चारकर्मी जगदिश खरेल मन्त्री बनेका हुन् ।

सिन्हालाई तीन वटा मन्त्रालयको जिम्मेवारी दिइएको छ । उनले उद्योग, वाणिज्य तथा आपूर्ति, कानून न्याय तथा संसदीय मामिला र भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको जिम्मेवारी लिएका छन् ।

पून शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बनेका छन् । कृषि विज्ञ परियार कृषि तथा पशुपन्छी विकास मन्त्रीको जिम्मेवारी पाएका छन् । सञ्चारकर्मी खरेल सञ्चार तथा सूचना प्रविधि मन्त्री बनेका छन् ।

अर्थमन्त्री रामेश्वर खनाललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी समेत दिइएको छ ।

गृहमन्त्री ओमप्रकाश अर्यालले कानून मन्त्रालयको जिम्मेवारी नयाँ मन्त्री अनिल सिन्हालाई दिइएको छ । मन्त्री कुलमान घिसिङको जिम्मेवारी भने यथावत् छ । उनले उर्जा, भौतिक पूर्वाधार र शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन् ।

दोस्रो पटक विस्तार गरिएपनि मन्त्रीमण्डलले पूर्णता भने अझै पाएको छैन । प्रधानमन्त्री सुशीला कार्कीले ९ वटा मन्त्रालयको जिम्मेवारी लिएकी छन ।

प्रकाशित मिति: मङ्गलबार, ०७ असोज, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.