कार्की नेतृत्वकाे सरकारमा ४ मन्त्री थपिए, मन्त्रीमण्डल अझै अपूर्ण

Satya Sanchar सत्य सञ्चार

काठमाडाै‌ । सुशीला कार्की नेतृत्वकाे अन्तरिम सरकारमा चार जना मन्त्री थपिएका छन् ।

कार्की नेतृत्वको सरकारमा पूर्वन्यायाधिश अनिल सिन्हा, प्रविधिको क्षेत्रमा काम गरिरहेका महावीर पुन, कृषि विज्ञ मदन परियार र सञ्चारकर्मी जगदिश खरेल मन्त्री बनेका हुन् ।

सिन्हालाई तीन वटा मन्त्रालयको जिम्मेवारी दिइएको छ । उनले उद्योग, वाणिज्य तथा आपूर्ति, कानून न्याय तथा संसदीय मामिला र भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको जिम्मेवारी लिएका छन् ।

पून शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बनेका छन् । कृषि विज्ञ परियार कृषि तथा पशुपन्छी विकास मन्त्रीको जिम्मेवारी पाएका छन् । सञ्चारकर्मी खरेल सञ्चार तथा सूचना प्रविधि मन्त्री बनेका छन् ।

अर्थमन्त्री रामेश्वर खनाललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी समेत दिइएको छ ।

गृहमन्त्री ओमप्रकाश अर्यालले कानून मन्त्रालयको जिम्मेवारी नयाँ मन्त्री अनिल सिन्हालाई दिइएको छ । मन्त्री कुलमान घिसिङको जिम्मेवारी भने यथावत् छ । उनले उर्जा, भौतिक पूर्वाधार र शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन् ।

दोस्रो पटक विस्तार गरिएपनि मन्त्रीमण्डलले पूर्णता भने अझै पाएको छैन । प्रधानमन्त्री सुशीला कार्कीले ९ वटा मन्त्रालयको जिम्मेवारी लिएकी छन ।

प्रकाशित मिति: मङ्गलबार, ०७ असोज, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.