जेनजी आन्दाेलन : काेशीमा १० जनाकाे मृत्यु, पाँच जनाकाे भएन पहिचान

Satya Sanchar सत्य सञ्चार

विराटनगर । जेनजी आन्दोलनका क्रममा कोशी प्रदेशमा मृत्यु हुनेको संख्या १० पुगेको छ । भदौ २३ र २४ गतेको झडप र आगजनीमा परेर मृत्यु भएकामध्ये ५ जनाको मात्रै पहिचान भएकाे छ ।

कोशी प्रदेश प्रहरी प्रवक्ता एसएसपी दीपक पोखरेलका अनुसार ५ जनाको पहिचान खुल्न बाँकी छ ।

झापाको बिर्तामोडमा अर्जुनधारा नगरपालिका–११ का ३० वर्षीय गोपाल सेढाईं, अर्जुनधारा–८ का ३२ वर्षीय दिनेश राजवंशी र पाँचथरको हिलिहाङका ३० वर्षीय कमल भण्डारीको मृत्यु भएको थियो ।

सुनसरीको इटहरीमा २ जनाको मृत्यु भएको थियो । प्रहरीले चलाएको गोली लागेर ज्यान गुमाएका उनीहरु इटहरी उपमहानगरपालिका–१६ का २३ वर्षीय अभिषेक श्रेष्ठ र इटहरी–१४ का चंखे भनिने मोहन सरदार रहेको प्रहरीले जनाएको छ ।

झडपका क्रममा प्रदेशभर १ सय १४ जना प्रहरी घाइते भएको एसएसपी पोखरेलले बताए । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर र ५७ जनाको अवस्था मध्यम छ । अरु उपचारपछि डिस्चार्ज भएर ड्युटीमा फर्किसकेका छन् ।

आन्दोलनकारीतर्फ ४६ जना घाइते भएको बताइए पनि यो संख्या बढ्नसक्ने अनुमान गरिएको छ ।

धरानको भाटभटेनी सुपर मार्केटमा जलेर मृत्यु भएको अवस्था ४ जनाको शव फेला परेको थियो । भदौ २४ गते भाटभटेनीमा आगजनी, तोडफोड र लुटपाट गरिएको थियो ।

आगजनीका बेला लुटपाट एवं चोरी गर्न गएकाको जलेर मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ ।   कसैले पनि आफन्त हराएको भनेर हालसम्म सम्पर्क नगरेको प्रहरीले जनाएको छ । भदौ २४ गते नै आगजनी गरेर लुटपाट मच्चाइएको विराटनगरको भाटभटेनीमा पनि सोमबार जलेको मानव कंकाल फेला परेको छ । शवको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आन्दोलनका क्रममा आगजनी गरेर प्रदेशभर क्षतिको विस्तृत विवरण संकलन गर्ने काम भइरहेको छ ।

प्रकाशित मिति: मङ्गलबार, ३१ भदौ, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.