विराटनगर । जेनजी युवाहरुको आन्दोलनका क्रममा अराजक समूहको निसानामा विराटनगरको कोइराला निवास पर्याे । डाक्टर शेखर कोइरालाको रिसले निवासमा अराजक समूहले आगजनी गर्दा नेपालको राजनीतिक धरोहर कोइराला निवास जलेर खरानी भएको हाे ।
अराजक समूहले कोइराला निवासको भौतिक संरचनालाई मात्रै क्षति पुर्याएन, नेपालको राजनीतिक चेतना र शिक्षाको उद्गम स्थलको इतिहाससमेत नष्ट गरेकाे छ ।
कृष्णप्रसाद कोइरालाले निर्माण गरेको यो घर नेपालको प्रजातान्त्रिक आन्दोलनको साक्षी मात्र थिएन, देशलाई तीन जना प्रधानमन्त्री दिएको थियो । कृष्णप्रसादका छोरा मातृकाप्रसाद कोइराला, विश्वेश्वरप्रसाद कोइराला र गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बनेका थिए । राणा साशन फालेकाे याे घर राजा फाल्ने अान्दाेलनमा पनि सक्रिय थियाे ।
कांग्रेस कार्यकर्ताहरूका लागि कोइराला निवास तीर्थस्थल सरह थियो, जहाँ विराटनगर आउने जो कोही पनि राजनीतिक चेतना बोकेका व्यक्ति एक पटक पुग्न चाहन्थे ।
कोइराला निवास जल्ला कांग्रेस नेतृ विजयता अधिकारीको आँखा ओभाएका छैनन । ‘यो हाम्रो राष्ट्रका लागि धरोहर थियो, आँखै अगाडि जल्यो केही गर्न सकिएन’ भनिन् ,‘ प्रहरी र दमकल बोलाउँदा पनि आएन ।’
विराटनगर महानगरपालिकाकी पूर्व उपमेयर इन्दिरा कार्की कोइराला निवासलाई ुमन्दिर जस्तै मान्छिन ‘आम नेपालीले श्रद्धापूर्वक हेर्ने ठाउँ हो कोइराला निवास ।’ उनले भनिन्,‘ नेपालमा भएका परिवर्तनको साक्षी थियो । ’
कांग्रेस नेताहरूका अनुसार १२० वर्षभन्दा पुरानो यो घर राणा शासनविरुद्ध कृष्णप्रसाद कोइरालाले बिगुल फुकेदेखि नै धेरै राजनीतिक आन्दोलन र पार्टीका महत्वपूर्ण निर्णयहरूको केन्द्र बनेको थियो ।
पूर्वप्रधानमन्त्री गिरिजा, बीपी र मातृका कोइरालाको राजनीतिक चेत र आन्दोलन पनि यहीँ घरबाट हुर्किएको थियो ।
कृष्णप्रसाद कोइरालाले बनाएको मूल घर सानो भएपछि,२०१४ सालको कांग्रेसको विशेष महाधिवेशनअघि केशव कोइरालाले उत्तरतर्फ दुई वटा कोठा थपेका थिए ।
निर्वासित जीवनबाट मेलमिलापको नीति लिएर बीपी कोइराला फर्किएपछि २०३४ सालमा पनि उत्तरतर्फ दुई वटा पक्की कोठा थपिएको थियो । त्यसपछि २०५२ सालतिर गिरिजाप्रसाद कोइराला अर्को कोठा थप गरेका थिए ।
अराजक समूहले लगाएको आगोले कृष्णप्रसादले बनाएको मूल घर खण्डहर भएको छ । यद्यपि, बीपी र गिरिजाका लागि बनाएको पछिल्लो संरचना भने बाँकी रहेको छ, तर भित्री सबै सामग्री जलेको छ ।
कोइराला परिवारमा अंशबण्डा हुँदा राजनीतिक विरासत बोकेको यो घर डाक्टर शेखर कोइरालाको भागमा परेको थियो । उनी अहिले यसको पुनर्निर्माणको तयारीमा छन् । गिरिजाप्रसाद कोइरालाले थप गरेको संरचनाको पुनर्निर्माणका लागि कामदार खटिएका छन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,623)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,582)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,575)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,287)