विराटनगर । जेनजी समूहको आन्दोलनका क्रममा विराटनगर महानगरपालिका– ६ का २३ वर्षीय अनलोल लिम्बू सक्रिय रुपमा सहभागी भए । सोमबारको आन्दोलन शान्पिूर्ण रह्यो । मंगलबार भने अराजक समूह आन्न्दोलनमा मिसिदा सरकारी संरचना ध्वस्त बनाए । अनलोलसहित तीन जनाले भने विराटनगरको गाैरवकाे रूपमा रहेकाे वीरेन्द्र सभागृह जोगाएका छन् ।
मंगलबार दिउँसो जिल्ला प्रशासन कार्यालय मोरङमा आगजनीपछि एउटा समूह वीरेन्द्रसभागृह अगाडि पुगे । अनमोल पनि वीरेन्द्रसभा गृह अगाडि बसेका थिए । स्थानीयले आगो लगाउँछन् कि भन्ने चिन्ता गरे । अनमोल र उनका दुई जना साथी जोगाउनु भन्दै अगाडि बढे । ढुंगामुढा गर्दै एउटा हुल वीरेन्द्रसभा गृहको गोट खोलेर प्रवेश गरे । ढुंगामुढा गर्दै गर्दा अनमोलले यो जेनजीहरूकाे सम्पति हाे, चाहिन्छ भन्दै छेके ।
आन्दोलनकारीलाई सम्झाउँदै गेट बाहिर निकाले । सुरुमा आएको एउटा समूहलाई बाहिर निकालेपछि अर्काे समूह भित्र पसेन । अवस्था सान्त भएपछि उनीहरु आफ्नो घर लागे । तर वीरेँन्द्रसभा गृहको अवस्थाले पिरोल्यो । राती निद्रा लागेन् । भोलिपल्ट बिहान उनी दौडिएर आए । वीरेन्द्र सभागृह जस्ताको तस्तै देखेपछि उनी खुसी हुँदै फर्किए ।
‘राती के भयो होला भन्ने चिन्ता भयो, निद्रा लागेन’ उनले भने,‘ बिहान आएर वीरेन्द्रसभा गृह जस्ताको तस्तै देखेपछि ढुक्क भयो, राज्यको सम्पति जोगाइयो भन्ने लाग्यो ।’
अनमोल जनता आदर्श बहुमुखी क्याम्पसमा बिएसडब्लू तेस्रो सेमेस्टरमा अध्ययनरत छन् । सामाजिक सञ्जालमा भिडियो बनाएर हाल्न रुचाउने उनले वीरेन्द्रसभा गृह जोगाउँदै गर्दाको भिडियो बनाएर सामाजिक सञ्जालमा हाले । उनले हालेको भिडियो भाइरल भएको छ । सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी भइरहेको छ । तर, उनी वीरेन्द्रसभा गृह जोगाउन पाएको खुसी छन् । ‘वीरेन्द्र सभागृहसँग भावना जोडिएको छ, स्कुल पढ्दा त्यहाँ कार्यक्रम गरेका थियौं,’ उनले भने,‘ राज्यको सम्पति जोगाएको सन्तोक मिलेको छ ।’
२०३० सालमा बनेको वीरेन्द्र सभागृहलाई विराटनगर महानगरपालिकाले पुरानो आकृति नबिग्रिने गरी करिब २३ करोड लगानीमा रेट्रोफिटिङ गरेको थियो । गतवर्ष रेट्रोफिटिङ पुरा भएपछि वीरेन्द्रसभा गृहमा कार्यक्रमका लागि खुला गरिएको थियो ।
अराजक समुहले विराटनगरका अधिकांश सरकारी संरचना जलाएको थियो ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,623)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,582)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,575)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,287)