जिल्ला प्रशासन कार्यालयले सेवा प्रवाह गर्न नसक्ने, अदालतले दशैंपछि मात्रै मुद्दा हेर्ने

Satya Sanchar सत्य सञ्चार

विराटनगर । जेनजी युवा समूहको आन्दोलनका क्रममा आगजनी र लुटपाट भएपछि जिल्ला प्रशासन कार्यालय मोरङको सेवा अर्काे सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ ।

प्रशासन कार्यालयमा रहेका कम्युटर र अभिलेख जलेर नष्ट भएका कारण जिल्ला प्रशासन कार्यालय मोरङले प्रवाह गर्ने सेवा अर्काे अनिश्चिनकालका लागि बन्द गरेको हो  ।

जसले गर्दा नागरिकता, राहधानी र राष्ट्रीय परिचय पत्र बनाउनु पर्ने सेवाग्राही मार्कामा परेका छन् ।

अराजक समूहले आगजनी गर्दा  प्रशासनको नागरिकता, राहदानी, राष्ट्रीय परिचयपत्रका सबै अन्य अभिलेख जलेका छन् । अन्य महत्पूर्ण कागजात र उपकरणहरु पनि जलेर खरानी भएको छ ।

तत्काल सेवा प्रवाह गर्न नसक्ने भएका कारण अर्काे सूचना जारी नभएसम्मका लागि सेवा प्रवाह स्थगन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी  सरोज कोइरालाले  जानकारी दिए । कम्युटर प्रिन्टर जलेका कारण उनले आइतबार हस्तलिखित सूचना जारी गरे ।

अदालत असोज २० गतेसम्म बन्द

जिल्ला अदालत मोरङले दशै पछि मात्रै मुद्दाको सुनुवाइै गर्ने भएको छ । जेनजी आन्दोलनका क्रममा आगजनी र लुटपाट भएपछि खण्डहर बनेको अदालतले मुद्दाको सुनुवाइ  असोज २० गतेबाट गर्नेछ ।

आगजनी र लुटपाटका कारण क्षति भएको र दशैं बिदा पनि परेका कारण असोज २० गतेसम्म अदालतले आंशिक मात्रै सेवा प्रवाह गर्ने अदालतका सूचना अधिकारी हेमबहादुर बु९ाथाेकीले जानकारी दिए ।

अदालतले सरकारीवादी फौजदारी मुद्दाको अनुसन्धानका लागि म्याद थप, पक्राउ पुर्जी अनुमति र जरुरी पक्राउ पुर्जी  र थुनछेक बहस गर्नेछ । मुद्दाको सुनुवाई असोज २० गतेपछि हुनेछ ।

प्रकाशित मिति: आइतबार, २९ भदौ, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.