कोशीका सबै मन्त्रालय जले, कसरी उठ्छन् ?

Satya Sanchar सत्य सञ्चार

विराटनगर । जेनजी युवा समूहको आन्दोलनका क्रममा अराजक समूहको निशानामा कोशी प्रदेशका सबै मन्त्रालय परे ।

अराजक समूहले मन्त्रालहरुमा आगजनी र तोडफोेड गरे । त्यसपछि चोरी र लुटपाट मच्चियो । आगोले नभेटेका अधिकांश सामग्री लुटपाट गर्ने समूहले लगेको छ ।

कोशी प्रदेश सरकारकी प्रमुख सचिव चन्द्रकला पौडेलका अनुसार कुनै मन्त्रलय सहज अवस्थामा छैन । सबै मन्त्रालयमा क्षति पुगेको छ ।

सबै भन्दा बढी क्षति मुख्यमन्त्री कार्यालय, आन्तरिक मामिला तथ कानुन, आर्थिक मामिला तथा योजना, उद्योग कृषि तथा सहकारी मन्त्रालयमा पुगेको छ ।

उनका अनुसार जिल्ला तहका कार्यालय र प्रदेशको यातायात कार्यालय क्षति कम छ । ती कार्यालय सेवा प्रवाहका लागि तयार छन । मन्त्रालयमा भने कुनै कार्यकक्ष बाँकी नरहेकाले समस्या छ ।

‘जिल्ला तहमा असर नपरेका कार्यालयहरुले काम सुरु गरिहाल्छन, यातायात मालपोतको सेवा प्रवाहका लागि व्यवस्थापन भइरहेको छ,’ उनले भनिन,‘ मुख्यमन्त्री कार्यालयसहितका मन्त्रालयमा भने तत्कालै सहज रुपमा काम सुरु गर्ने अवस्गा छैन ।’

क्षति कम भएको कोठाबाट प्रशासनिक काम सुरु गर्ने तयारी भएको उनले बताइन् ।

‘पहिला जस्तो छुट्टै कोठा छुटृटै कार्यकक्ष होइन, एउटा हलमा कमनल्ली बसेर काम गर्ने तयारी गरिरहेका छौं,’ उनले भनिनृ,‘ क्षति नभएको कोठामा बसेर सेवा प्रवाह गर्ने स्थीति बन्छ ।’

‘कार्यालयको फोहोर उठाएर फालिहाल्न सक्ने अवस्था छैन, त्यसको बिधि प्रक्रीया पुरा गर्नुपर्छ,सामान्य मर्मतले गर्न सकिने कामका विषय पनि हेर्दैछौं ।’ उनले भनिन्,‘ प्रदेश लोकसेवा आयोग र योजना आयोगमा क्षति छैन, अन्यत्र कार्यालयमा इााति छ ।’

मन्त्रालयहरुले आजबाट क्षतिको विवरण संकलन गर्दे सरसफाइ सुरु गर्ने तयारी गरेका छन् ।
‘भौतिक संरचना भन्दा सवारी साधनको ेक्षति धेरै छ । त्यसलाई बीमाले कभर गर्ला,’ उनले भनिन,‘ हामी सबै विषय हेर्दैछौं, अहिले क्षतिको विवरण् संकलन गर्दैछौं ।’

कोशी प्रदेशसभा सचिवालयले आजबाट एउटा कोठा मार्फत प्रशासनिक काम सुरु गर्दैछ । सूचना अधिकारी निरोज ढकालका अनुसार प्रदेशसभाको मिडिया सेन्टर रहेको कोठामा टेवलकुर्सी राखेर प्रशासनिक काम सुरु हुनेछ ।

प्रकाशित मिति: आइतबार, २९ भदौ, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.