इटहरीमा प्रहरीकाे गाेली लागेर मृत्यु भएका युवकको पहिचान खुल्याे

Satya Sanchar सत्य सञ्चार

इनरुवा । जेनजी आन्दोलनका क्रममा सोमबार सुनसरीको इटहरीमा प्रहरीको गोली लागेर मृत्यु भएका एक जना युवकको सनाखत भएको छ ।

मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका–१६ का २३ वर्षीय अभिषेक श्रेष्ठ रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक प्रकाश पराजुलीका अनुसार प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर गम्भीर घाइते भएका श्रेष्ठलाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा चिकित्सककले मृत घोषणा गरेका थिए ।

मृतक श्रेष्ठको शव बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको छ । अर्का एक युवकको भने सनाखत नभएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

जेनजीले गरेको आन्दोलनका क्रममा सोमबार काठमाडौंमा १७ जनाको र इटहरीमा २ जनाको मृत्यु भएको थियो । देशैभर गरी ४२२ जना घाइते भएका छन् ।

प्रकाशित मिति: मङ्गलबार, २४ भदौ, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.