इटहरीमा प्रहरीकाे गाेली लागेर मृत्यु भएका युवकको पहिचान खुल्याे

Satya Sanchar सत्य सञ्चार

इनरुवा । जेनजी आन्दोलनका क्रममा सोमबार सुनसरीको इटहरीमा प्रहरीको गोली लागेर मृत्यु भएका एक जना युवकको सनाखत भएको छ ।

मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका–१६ का २३ वर्षीय अभिषेक श्रेष्ठ रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक प्रकाश पराजुलीका अनुसार प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर गम्भीर घाइते भएका श्रेष्ठलाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा चिकित्सककले मृत घोषणा गरेका थिए ।

मृतक श्रेष्ठको शव बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको छ । अर्का एक युवकको भने सनाखत नभएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

जेनजीले गरेको आन्दोलनका क्रममा सोमबार काठमाडौंमा १७ जनाको र इटहरीमा २ जनाको मृत्यु भएको थियो । देशैभर गरी ४२२ जना घाइते भएका छन् ।

प्रकाशित मिति: मङ्गलबार, २४ भदौ, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.