भारत–चीन सहमतिमा नेपालकाे स्पष्ट आपत्ति

Satya Sanchar सत्य सञ्चार

काठमाडाैं । भारत र चीनले लिपुलेक हुँदै व्यापर गर्ने सम्झाैताप्रति नेपालले कडा रुपमा आपत्ति जनाएकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङसँगके  भेटवार्ताका क्रममा असहमति जनाएका हुन् ।

भेटका अवसरमा दुई देशबिचको मित्रवत् सम्बन्ध र सहकार्यका विविध क्षेत्रमा कुराकानी भई आगामी दिनहरूमा सम्बन्ध र सहकार्य अभिवृद्धि गर्न दुवै देशका संयन्त्र अग्रसर हुने समझदारी भएको छ ।

साथै नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषयमा चीन र भारतबिच भएको समझदारीका विषयमा राष्ट्रपति सीसँग प्रधानमन्त्री ओलीले स्पष्टरूपमा आपत्ति रहेको कुरा राखेकाे परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले जानकारी दिए ।  “सन् १८१६ को सुगौली सन्धिबमोजिम महाकालीपूर्वका सबै भूभाग सार्वभौम मुलुक नेपालको भएको स्पष्ट रहेको छ । यस मामिलामा चीनले नेपाललाई सहयोग गर्ने विश्वास नेपालले लिएको छ,” प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै सचिव राईले भने ।

नेपालको उक्त भनाइको जवाफमा राष्ट्रपति सीले नेपालको अडानप्रति आफ्नो फरकमत नरहेको र सोबारे नेपाल र भारतबिचको छलफलबाट निष्कर्ष निस्कियोस् भन्ने चाहना राखेका थिए ।

बेइजिङस्थित नेपाली राजदूतावासद्वारा जारी विज्ञप्तिमा लिपुलेकबाट सीमा व्यापार गर्ने सम्बन्धमा भारत र चीनबिच हालै भएको समझदारीलाई उल्लेख गर्दै प्रधानमन्त्रीले उक्त क्षेत्र नेपालको भएको र नेपाल सरकारले त्यसमा कडा आपत्ति (स्ट्रोङ अब्जेक्सन) जनाएको उल्लेख गरिएको छ ।

प्रकाशित मिति: आइतबार, १५ भदौ, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.