एमिटी र मनमोहनबीच शैक्षिक सहकार्यका लागि सम्झौता

Satya Sanchar सत्य सञ्चार

विराटनगर । भारतको पटनास्थित एमिटी युनिभर्सिटी र कोशी प्रदेशको मनमोहन प्राविधिक विश्वविद्यालय (एमटीयू) बीच शैक्षिक तथा प्राविधिक सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

एमिटी युनिभर्सिटीको स्कूलअफ ट्रेनिङ एण्ड लर्निङ र एमटीयूको स्कूल अफ एप्लाईड साईन्स टेक्नोलोजी एण्ड लबीच शैक्षिक तथा प्राविधिक सहकार्यका लागि सम्झौताभएको हो । यो सम्झौताअनुसार शैक्षिक कार्यक्रम, अनुसन्धान, तालिम र विद्यार्थी आदान–प्रदानका क्षेत्रमा सहकार्य गर्नेछन् ।

विज्ञान, प्रविधि र इन्जिनियरिङलगायतका विषयमा संयुक्त परियोजना सञ्चालन, कार्यशाला, सेमिनार तथा इन्टर्नशिपमार्फत विद्यार्थीलाई व्यावहारिक अवसर दिने योजना छ । एमटीयूले नेपाली विद्यार्थीलाई अन्तर्राष्ट्रियस्तरको तालिम र अध्ययन–अनुसन्धानमा एमिटीसँग जोड्नेछ भने एमिटीले पाठ्यक्रम विकास, तालिम कार्यक्रम सञ्चालन तथा प्राविधिक स्रोत उपलब्ध गराउनेछ।

एमटीयूका रजिष्टार डा. दिलनाथ फुँयाल र इन्स्टिच्युट अफ लका प्रिन्सिपल कोषराज न्यौपाने तथा एमिटीका कुल सचिव डा. एनके यादव र कानुन विभाग अध्यक्ष डा. राजिव रंजन झाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । यो सम्झौता प्रारम्भिक रूपमा ३ देखि ५ वर्षका लागि लागू हुनेछ र आपसी सहमतिमा नवीकरण गर्न सकिनेछ।

प्रकाशित मिति: शनिबार, १४ भदौ, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.