काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज पाँच दिने भ्रमणका लागि शनिबार चीन प्रस्थान गरेका छन् ।
चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा सांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ)को शिखर सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ओली चीन लागेका हुन् ।
प्रधानमन्त्री ओलीको नेतृत्वमा चीन गएकाे नेपाली प्रतिनिधिमण्डलमा २३ जना सदस्य रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भ्रमण टोलीमा प्रथम महिला श्रीमती राधिका शाक्य, पूर्व उपप्रधानमन्त्री एवं प्रतिनिधिसभा सदस्य पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, पूर्वमन्त्री एवं प्रधानमन्त्रीको आर्थिक तथा विकास सल्लाहकार डा। युवराज खतिवडा, पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्मा र नेपाल सरकारका उच्चपदस्थ कर्मचारीलगायत सहभागी हुनेछन् ।
चीन भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सीसँग द्विपक्षीय भेटवार्ताका साथै उपराष्ट्रपति हान चङसँग पनि भेट हुनेछ ।
यस्तै, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसहित विभिन्न ६ देशका सरकार प्रमुखसँग छुट्टाछुट्टै द्विपक्षीय वार्ता हुने बताइएको छ । प्रधानमन्त्री ओलीले भदौ १६ गते गते तियानजिनमा हुने एससीओ प्लस शिखर सम्मेलनलाई सम्बोधन गर्नेछन् ।
प्रधानमन्त्री ओली भदौ १८ गते राति साढे १० बजे स्वदेश फर्किने तालिका छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,623)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,582)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,575)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,287)