आज देशभर वर्षा, भोलिबाट कम पानी पर्ने

Satya Sanchar सत्य सञ्चार

विराटनगर । मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पश्चिममा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ ।

बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले आज देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । यो वर्षा शनिबारबाट केही कम हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

वरिष्ठ मौसमविद प्रतिभा मानन्धरले आज शुक्रबार धेरैजसो स्थानमा मध्यम वर्षा हुने र भोलि शनिबार मनसुनको असर केही कम हुने बताइन् ।

उनका अनुसार आज दिउँसो कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । आज राति भने कोशी र सुदूरपश्चिममा मात्र भारी वर्षा हुने पूर्वानुमान छ ।

हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानबाट उत्तरतर्फ छ । साथै बंगालको खाडीबाट जलवाष्पयुक्त हावा नेपालतर्फ आइरहेको छ । त्यसैले केही दिनयता बादल लाग्ने र पानी पर्ने भइरहेको छ ।

शनिबारबाट मौसम सुधार हुने प्रक्षेपण छ । मौसमविद गोविन्द झाले पनि शनिबार मनसुनी गतिविधि केही कम हुने जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, १३ भदौ, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.