आज देशभर वर्षा, भोलिबाट कम पानी पर्ने

Satya Sanchar सत्य सञ्चार

विराटनगर । मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पश्चिममा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ ।

बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले आज देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । यो वर्षा शनिबारबाट केही कम हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

वरिष्ठ मौसमविद प्रतिभा मानन्धरले आज शुक्रबार धेरैजसो स्थानमा मध्यम वर्षा हुने र भोलि शनिबार मनसुनको असर केही कम हुने बताइन् ।

उनका अनुसार आज दिउँसो कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । आज राति भने कोशी र सुदूरपश्चिममा मात्र भारी वर्षा हुने पूर्वानुमान छ ।

हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानबाट उत्तरतर्फ छ । साथै बंगालको खाडीबाट जलवाष्पयुक्त हावा नेपालतर्फ आइरहेको छ । त्यसैले केही दिनयता बादल लाग्ने र पानी पर्ने भइरहेको छ ।

शनिबारबाट मौसम सुधार हुने प्रक्षेपण छ । मौसमविद गोविन्द झाले पनि शनिबार मनसुनी गतिविधि केही कम हुने जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, १३ भदौ, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.