झापामा पहिलो पटक भेटियो राज गोमन सर्प

Satya Sanchar सत्य सञ्चार

झापा । विषालु सर्प मानिने राज गोमन (किङ कोब्रा) सर्प पहिलो पटक झापामा फेला परेको छ । झापाको बुद्धशान्ति गाउँपालिका–७, जरेवरस्थित स्थानीय रनबहादुर चेम्जोङको घरमा सर्प भेटिएको हो ।

यसअघि झापामा राज गोमन सर्प भेटिएको थिएन । स्थानीय उद्धारकर्ता कृपेश कार्की, उद्धारकर्ता श्याम प्रधान र वीरेन्द्र तिवारीले सर्पलाई उद्धार गरेका हुन् ।

उद्दार गरेको सर्पको तौल करिब ८ दशमलव ५ किलो र लम्बाई १२ दशमलव ५ फिट रहेको थियो ।

जिल्ला वन कार्यालय भद्रपुरको समन्वयमा सर्पलाई बिर्तामोडको एक सामुदायिक वनको प्राकृतिक बासस्थानमा पुनःस्थापित गरिएको मेची वन्यजन्तु तथा चराचुरुङ्गी संरक्षण समाजका अध्यक्ष देवेन्द्र खरेलले जनाए ।

प्रकाशित मिति: बिहिबार, १२ भदौ, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.