विद्या भण्डारीलाई राजनीतिमा फर्कने बाटाे मैले खाेलिदिएकाे हाे : प्रचण्ड

Satya Sanchar सत्य सञ्चार

विराटनगर । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पासाङलाई राजनीतिमा ल्याएर पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा फर्किने बाटो आफूले खोलिदिएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दाबी गरेका छन् । आज बिहान विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्ताे बताएका हुन् ।

उनले भने, ‘मैले पहिला उपराष्ट्रपतिजीलाई पार्टीको सक्रिय राजनीतिमा ल्याइसकेपछि त्यसले कहीँ न कहीँ प्रत्यक्ष या परोक्ष विद्याजीलाई ढोका खोल्दिएकै छ ।’

उनले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई सक्रिय राजनीतिमा आउन संविधानले नरोक्ने बताए । उनले भने, ‘हाम्रो संविधानले ऐनले कानुनले कसैले पनि राष्ट्रपतिलाई सक्रिय राजनीतिमा नआउनु भनेको पनि छैन, कुनै पार्टी राजनीतिमा नआउनु भनेको पनि छैन ।’

नेकपा एमालेले राष्ट्रपति भएका व्यक्ति सक्रिय राजनीतिमा फर्कन नहुने भन्दै विद्याको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय गरिसकेको छ । प्रचण्ड भने पूर्वराष्ट्रपति र उपराष्ट्रपति राजनीतिमा फर्कनु सामान्य भएको बताउँछन् । पहिला प्रधानमन्त्री ओलीकै सहमतिमा विद्यालाई पार्टी सदस्यता दिइएको बताउँदै उनले चीन भ्रमणपछि भने विवाद देखिएको बताए ।

‘विद्याजी जो अहिले सक्रिय राजनीतिमा आउन चाहनु भएको छ, त्यो सदस्यता नवीकरण त्यो पार्टीको नेतृत्व केपी ओलीजीकै सहमतिमा भएको हो भन्ने कुरा पनि अब त छर्लङ्ग भएको छ,’ उनले भने, ‘चीन भ्रमण ओलीकै सहमतिले भएको हो, भोलि गएर अध्यक्ष बनाउने कुरा पनि उहाँहरुको बिचमा पहिला चलेको हो, तर पछि चीन भ्रमणबाट आएपछि सायद के भयो उहाँहरुको, त्यहाँ म जान चाहन्नँ ।’

पार्टी सदस्यता नपाएपछि विद्या भण्डारीको आगामी योजना (प्लान बी) बारे पत्रकारले राखेको जिज्ञासामा भने प्रचण्डले अनभिज्ञता प्रकट गरे ।

‘यो बिचमा विद्याजीसँग कुनै सम्पर्क भएको छैन कुराकानी भएको पनि छैन,’ उनले भने, ‘अब देशको राजनीति कता कसरी जान्छ भन्नेबारेमा चासो हुनु स्वाभाविकै हो । प्रत्यक्ष परोक्ष कुरा त बुझिएकै छ, अहिलेको गठबन्धन सरकारले जसरी काम गरेको छ त्योप्रति आम जनतामा आक्रोश पनि छ, असन्तुष्टि पनि छ ।’

उनले राष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा फर्कनका लागि रोक्न नमिल्ने बताए । ‘दुनियामा त्यस्ता धेरै उदाहरणहरु छन् जो राष्ट्रपति भएपछि प्रधानमन्त्री भएका छन्, प्रधानमन्त्री भएपछि फेरि राष्ट्रपति भएका छन्,’ पूर्वप्रधानमन्त्री प्रचण्डले भने, ‘अन्तर्राष्ट्रिय क्षेत्रको अनुभवको कुरा गर्ने हो भने राष्ट्रपति महानगरपालिकाको मेयर भएका उदाहरण पनि विश्वमा धेरै छन् ।’

प्रकाशित मिति: बिहिबार, १२ भदौ, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.