लक्ष्मणले स्वीकारे रुवीकाे हत्या, जलेकाे अवस्थामा पक्राउ

Satya Sanchar सत्य सञ्चार

रौतहट । रौतहटमा सुटकेसभित्र राखिएको अवस्थामा मृत फेला परेकी रुवी साहको हत्या आरोपी शरीर जलेको अवस्थामा फेला परेका छन् ।

साहको हत्या आरोपमा लक्ष्मण पासवान माथि छ । प्रहरीको खोजी सूचीमा रहेका उनी बुधबार बिहान रौतहटको माधवनारायण नगरपालिका–६ माधोपुरको पश्चिमतर्फको बाटोमा जलेर घाइते भएको अवस्थामा फेला परेका हुन् ।

पासवानले पनि आफूले रुवीको हत्या गरेको स्वीकार गरेका छन् । उनले आफ्नो शरीरमा रुवीको तस्बिर ट्याटु खोपेका थिए । हातमा रुवीको नाम पनि लेखेका थिए ।

पासवानले आफ्नो शरीरमा आगो लगाउनु अघि भिडियो बनाएर फेसबुकमा पोष्ट गरेका छन् । सो भिडियोमा उनले रुवीको हत्या आफूले नै गरेको स्वीकार गरेका छन् ।

रुवीलाई हत्या गरेदेखि आफ्नो हात काँपिरहेको बताएका उनले रुवी मरिसकेपछि आफू बाँचेर के गर्नु भन्ने लागेको बताएका छन् ।

‘रुवीलाई मारेदेखि मेरो हात काँपिरहेको छ । मेरो जान मरिसकेकी छन् । म बाँचेर के गर्नु । पक्राउ परे जेल जानुपर्छ । १०–१५ वर्ष सजाय भोग्नुपर्छ,’ उनले भिडियोमा भनेका छन् ।

उनले रुवीसँगको प्रेमसम्बन्धबारे पनि धेरै कुराहरु खुलाएका छन् । उनले हत्या अघि रुवी व्युटी पार्लरबाट आफ्नो कोठामा आएको र एकअर्का बिना बाँच्न नसक्ने सम्वाद भएको पनि खुलाएका छन् ।

उनलाई प्रहरीले उपचारका लागि अस्पताल पुर्‍याएको छ ।

गत शनिबार गौर बजार जान भनेर डेराबाट निस्किएकी रुवीको शव सुटकेसमा प्याक गरेको अवस्थामा भेटिएको थियो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी नेत्रमणी गिरीका अनुसार हत्याका मुख्य आरोपी पासवानले आफ्नो शरीरमा आफैंले आगो लगाएको अवस्थामा भेटिएका हुन् ।

प्रकाशित मिति: बुधबार, ११ भदौ, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.