किसानकाे आन्दाेलनपछि सरकारले निकासा गर्याे अनुदान

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । उखु किसानको आन्दोलनपछि सरकारले किसानलाई दिने भनेको अनुदान भुक्तानीका लागि बजेट निकासा गरेको छ । उखु किसानले गत आर्थिक वर्ष २०८१–८२ मा उखु बेचेबापत पाउनुपर्ने अनुदान भुक्तानी गर्न सरकारले ७५ करोड ४९ लाख रुपैयाँ निकासा गरेको हो ।

कृषि मन्त्रालयको प्रस्तावमा उक्त रकम ८ जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालयमार्फत किसानसम्म पुर्‍याइने अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेले जानकारी दिए ।

किसानले प्रतिक्विन्टल ७० रुपैयाँको दरले अनुदान पाउनुपर्ने माग गर्दै लामो समयदेखि आन्दोलन गरिरहेका छन् । तर, सरकारले प्रतिक्विन्टल ३५ रुपैयाँको दर लागू गर्दै निकासा गरेको रकम किसानको अपेक्षाभन्दा आधा मात्र हो ।

गत आव २०८१/८२ को बजेटमा उखु खेती प्रवर्द्धनका लागि किसानलाई प्रोत्साहन गर्न २ अर्ब २५ करोड रुपैयाँ विनियोजन गरिएको थियो । तर, सरकारले स्रोत अभाव भएको भन्दै किसानलाई दिने भनेर विनियोजन गरेको रकम पनि घटाइदिएको हो ।

प्रकाशित मिति: मङ्गलबार, १० भदौ, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.