आमसञ्चार विधेयकमाथि थप छलफल गर्न सरकार तयार

Satya Sanchar सत्य सञ्चार

विराटनगर । पत्रकारको विरोधपछि कोशी प्रदेश सरकार‘कोशी प्रदेश आमसञ्चारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१’ माथि थप छलफल गर्न तयार भएको छ ।

संविधानको मर्म विपरितका प्रावधानसहित विधेयक पास गर्ने तयारी भएपछि पत्रकार महासंघले आन्दोलन घोषणा गरेको छ । आन्दोलनको घाषित कार्यक्रम अन्तरगत मंगलबार नेपाल पत्रकार महासंघ कोशी प्रदेशले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई ज्ञापनपत्र बुझाएको छ । ज्ञानपत्र बुझ्दै मुख्यमन्त्री कार्कीले आमसञ्चार विधेयकका विषयमा थप छलफल गर्न तयार रहेको बताएका हुन् ।

संसदभित्र प्रवेश गरिसकेका कारण सरकारको मात्रै विषय नभएको बताउँदै उनले सरोकारवाला र दलहरूसँग छलफल गरेर अगाडि बढ्ने बताए । विधेयकका विषयमा प्रस्तुत भएका असहमतिका विषयलाई छलफलका माध्यमबाट समाधान गर्न प्रयत्न गरिने उनले बताए । पत्रकारसँग जोडिएका संघसंस्थाको चासो र सरोकार गम्भीरतापूर्वक आएकाले थप छलफल गर्ने बताउँदै उनले विधेयक पास हुनका लागि अब केही समय लाग्ने जानकारी दिए ।

प्रकाशित मिति: मङ्गलबार, १० भदौ, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.