विराटनगर । पत्रकारको विरोधपछि कोशी प्रदेश सरकार‘कोशी प्रदेश आमसञ्चारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१’ माथि थप छलफल गर्न तयार भएको छ ।
संविधानको मर्म विपरितका प्रावधानसहित विधेयक पास गर्ने तयारी भएपछि पत्रकार महासंघले आन्दोलन घोषणा गरेको छ । आन्दोलनको घाषित कार्यक्रम अन्तरगत मंगलबार नेपाल पत्रकार महासंघ कोशी प्रदेशले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई ज्ञापनपत्र बुझाएको छ । ज्ञानपत्र बुझ्दै मुख्यमन्त्री कार्कीले आमसञ्चार विधेयकका विषयमा थप छलफल गर्न तयार रहेको बताएका हुन् ।
संसदभित्र प्रवेश गरिसकेका कारण सरकारको मात्रै विषय नभएको बताउँदै उनले सरोकारवाला र दलहरूसँग छलफल गरेर अगाडि बढ्ने बताए । विधेयकका विषयमा प्रस्तुत भएका असहमतिका विषयलाई छलफलका माध्यमबाट समाधान गर्न प्रयत्न गरिने उनले बताए । पत्रकारसँग जोडिएका संघसंस्थाको चासो र सरोकार गम्भीरतापूर्वक आएकाले थप छलफल गर्ने बताउँदै उनले विधेयक पास हुनका लागि अब केही समय लाग्ने जानकारी दिए ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,443)
जीवन विकासले बोलायो साधारणसभा (2,411)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,370)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,353)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,224)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,157)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,582)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,560)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,119)