सरकारी गाडी तोडफोड गर्ने नेविसंघ कार्यकर्ताले पाए सफाई

Satya Sanchar सत्य सञ्चार

विराटनगर । विराटनगरमा सरकारी गाडी ताेडफाेड र आगजनीमा संलग्न नेपाल विद्यार्थी संघका विद्यार्थीले  सफाइ पाएका छन् ।

नेपाल विद्यार्थी संघका कार्यकर्ताले २०८१ साल जेठ २७ गते बिहान रोडशेष चाेकबाट कोशी प्रदेश आयोजनाको कार्यालय तर्फ जाँदै गरेको को १  झ ६४४ नम्बरको सवारी महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस अगाडि जलाएका थिए । कञ्चनजंघा पार्टी प्यालेसमा नेपाल विद्युत प्राधिकरणको सभा भइरहेका बेला बाहिर पार्किङ गरी राखिएको बा १ ञ १८८७, बि एबी ८१८०, बा १ ञ २४१९, बागमती प्रदेश-०१-००१ ञ २७०१ र बागमती प्रदेश ०१-००१ ञ २७९० नम्बरकाे सवारी तोडफोड गरेकाे थियाे ।

उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले विद्यार्थी नेताहरू सनिम ठकुरी, प्रशान्त यादव, प्रज्वल विष्ट, रोशन कुमार पासमान, मोहमद सलमान, भानु चेल, जय नारायण पाण्डे, देव कुमार साह, अभिमन्यु यादव र प्रोज्वल अधिकारीलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो । अभिमन्यु यादव र जयनारायण पाण्ड अखिल क्रान्तिकारीका नेता हुन् । अन्य प्रतिवादी नेपाल विद्यार्थी संघ महेन्द्र मोरङ क्याम्पस इकाइका नेता हुन् ।

जिल्ला  न्यायाधीश मेघनाथ चापागाईंको इजलासले प्रमाणको अभावमा आपराधिक उपद्रव मुद्दाका सबै प्रतिवादीलाई सफाइ दिने फैसला सुनाएको हो ।

नेपाल सरकार वादी रहेको उक्त मुद्दामा प्रतिवादीहरूमाथि मुलुकी अपराध संहिता, २०७४ को दफा २८५ विपरीत आपराधिक उपद्रव गरेको अभियोग लगाइएको थियो । अभियोग पत्रमा तोडफोड र आगजनीबाट भएको २७ लाख ७० हजार ५९६ रुपैयाँ २१ पैसा क्षतिपूर्ति पनि प्रतिवादीहरूबाटै भराउन माग गरिएको थियो ।

अदालतमा बयान दिने क्रममा प्रतिवादीहरूले आफूहरू घटनामा संलग्न नरहेको र राजनीतिक कारणले फसाउन खोजिएको दाबी गरेका थिए । अधिकांशले घटनाको समयमा आफूहरू अर्कै स्थानमा रहेको जिकिर गरेका थिए ।

प्रहरीले घटनास्थल वरपरको सीसीटीभी फुटेज, विभिन्न सञ्चारमाध्यममा प्रसारित भिडियो तथा प्रत्यक्षदर्शीहरूको बयानको आधारमा अनुसन्धान अगाडि बढाएको थियो । तर, अदालतमा पेस गरिएको सीसीटीभी फुटेजको सिडी स्क्रयाच भएका कारण खुल्न सकेन । अदालतमा कागज गर्ने व्यक्तिहरूले पनि प्रतिवादीहरूले नै कसुर गरेको भनी किटानी बयान दिन सकेनन् ।

फैसलामा भनिएको छ, ‘प्रतिवादीहरूले कसुरमा इन्कार रही बयान गरेको, उनीहरूका साक्षीले पनि अपराधमा संलग्नता नरहेको भनी बकपत्र गरेको, घरकोठाबाट कसुरसँग सम्बन्धित वस्तु बरामद नभएको र अभियोग दाबीलाई पुष्टि गर्ने अन्य सबुद प्रमाणको अभावमा प्रतिवादीहरूले नै आपराधिक उपद्रव गरेको भन्ने देखिन आएन ।’

अदालतले सनिम ठकुरी, प्रशान्त यादव, प्रज्वल विष्ट, रोशन कुमार पासमान, मोहमद सलमान, भानु चेल, देव कुमार साह र प्रोज्वल अधिकारीलाई अभियोग दाबीबाट सफाइ दिएको हो । मुद्दाका अन्य प्रतिवादीहरू जयनारायण पाण्डे र अभिमन्यु यादव अदालतमा हाजिर नभएकाले उनीहरूको हकमा मुद्दा मुल्तबीमा राखिएको छ ।

रंगेलीमा केही विद्यार्थी पक्राउ परेको विरोधमा आन्दोलित विद्यार्थीहरूले उक्त घटना गराएका थिए ।  घटनामा नेपाल विद्युत प्राधिकरण र कोशी प्रदेश आयोजनाका गाडीहरूमा क्षति पुगेको थियो  ।

प्रकाशित मिति: मङ्गलबार, १० भदौ, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.